arrow

जनताका पक्षमा इमान्दार भएर काम गर्नुपर्छ : प्रकाशमान सिंह

logo
हाम्रा कुरा
प्रकाशित २०८० पुष २९ आइतबार
prakash-man-sing-kaski-haripanta.jpg

पोखरा । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले जनताका पक्षमा इमान्दार भएर काम गर्नुपर्ने बताएका छन् । नेपाली कांग्रेस कास्कीका कार्यकर्तासँग आइतबार पोखरामा भएको भेटमा यस्तो बताएका हुन् ।

उनले केही समययता राजनीतिक परिस्थिति फेरिएकाले जनताले काम र राजनीतिक पारदर्शिता खोजिरहेका बताए । २०१७ सालमा निष्ठाको राजनीति गरेकोले बीपी, गणेशमान र कृष्णप्रसाद भट्टराई जनतामाँझ अहिले पनि स्वच्छ नेताको रुपमा चिनिँदै आएका नेता सिंहले बताए ।

नेपाली कांग्रेसले अब आफ्नो नीतिमा सुधार गर्दै जनता केन्द्रित राजनीति गर्न जरुरी रहेको उनको भनाइ थियो । नेता सिंहले इमान्दार भएर जनताका काम नगर्ने हो भने अब कुनै पनि राजनीतिक दलको भविष्य नरहने बताउँदै समयअनुसार दलहरु पनि परिवर्तन हुन जरुरी रहेको बताए ।

उनले भने, “लोकतन्त्रमाथि आक्रमण भइरहेको बेला लोकतान्त्रिक पार्टी एक जुट भई यो व्यवस्थालाई मजबुद बनाउनु पर्दछ ।”

प्रजातन्त्र तथा लोकतन्त्र ल्याउनमा कांग्रेसको भूमिका महत्त्वपूर्ण रहेको भन्दै उनले लोकतन्त्रलाई बचाइ राख्ने दायित्व पनि कांग्रेसको काँधमा आएको बताए ।

नेपाली कांग्रेस कास्कीका सभापति किशोरदत्त बरालले पार्टीलाई बलियो बनाउन राजनीतिक दल जनताप्रति इमान्दार हुनुपर्नेमा जोड दिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ