arrow

जब मणिमुकुन्द युथको कार्यमा जनप्रतिनिधि नै हौसिए

logo
नारायण वली,
प्रकाशित २०८० पुष २७ शुक्रबार
club 4.jpg

लुम्बिनी । शुक्रबार बिहानको करिब पौने ८ बज्दै थियो । बुटवलको लुम्बिनी प्रादेशिक अस्पताल पछाडि रहेको व्यस्त सडक मानिने कालिका पथमा एक हुल मान्छेहरुको जमघट देखिन्थ्यो । उनिहरुको हातमा पञ्जा, झाडु, डस्टबिन जस्ता सामग्री थिए । सोही जमघटमा बुटवल उपमहानगर वडा न ९ का वडाध्यक्ष प्रदीपकुमार श्रेष्ठसमेत सामेल थिए । 

एकैछिनमा उक्त टोली सडकको दुई किनारमा बाँडियो र फोहर व्यवस्थापनमा लाग्यो । कालिका मन्दिरदेखि इट्टाभट्टीतिरको सरकारी अस्पताल पछाडिको क्षेत्रमा फालिएको अत्यधिक फोहरलाई क्लिन चिट पार्न मणिमुकुन्द युथका सदस्यहरुसँगै औपचारिक कार्यक्रममा सहभागी भएका वडाध्यक्ष पनि झाडु समातेर बढार्न लागे ।

शुरुमा सहभागीहरुको संख्या न्यून देखेपछि देखावटीलाई मात्रै गर्न आएको हो भने नगरौँ भनेका वडाध्यक्ष श्रेष्ठले सामाजिक कार्यमा निरन्तर सेवा गर्दै आएको क्लबको सक्रिय कार्यबाट प्रभावित हुँदै झाडु लगाउन पछि परेनन् । 

करिब आधा किलोमिटर दूरी सरसफाइको क्रममा एक ट्याक्टर भरिएपछि वडाध्यक्ष श्रेष्ठले भने बुटवल पर्यटन क्षेत्रको ट्रान्जिट र रहेक क्षेत्रका नागरिकहरु आउने शहरमा यतिधेरै प्रदूषण हुनु स्वास्थ्यमा प्रत्यक्ष प्रतिकुल समस्या देखिन सक्ने भन्दै वडालाई सफासुग्गर राख्न आफ"ले अब कडाई गर्ने बताए । सरसफाइ इट्टाभट्टी क्षेत्रमा गरिएको थियो । 

लायन्स क्लव अफ बुटवल मणिमुकुन्द युथका अध्यक्ष थानेश्वर अर्यालले आफू एक मेडिकल व्यवसायीसमेत भएको बताउँदै क्लबको माध्यमबाट आमनागरिकको स्वास्थ्यलाई स्वस्थ्य बनाउन खानपान, सरसफाइ लगायतमा ध्यान दिन सचेतना मूलक जनचेतना जगाउने उद्देश्यले सरसफाइ कार्यक्रमलाई जोड दिइएको जनाए । 

लायन्स क्लबका संस्थापक मेल्भिन जोनको जन्मजयन्तीको अवसरमा सञ्चालित सप्ताहव्यापी कार्यक्रम अन्तर्गत मणिमुकुन्द युथले वृक्षारोपण, स्वास्थ्य शिविर, स्कुले बालबालिकालाई जुत्ता चप्पल वितरण र सरसफाइसहित चार ओटा कार्यक्रम सम्पन्न गरेको छ ।

मणिमुकुन्द युथले दृष्टिविहीन बालबालिकालाई पालनपोषण, अध्ययन र विपन्न बस्तीमा गर्दै आएको सहयोग सराहनीय बन्दै आएको छ । 

क्लबले पुस २१ गतेदेखि २८ गतेभित्र चार वटा कार्यक्रम गरेको हो । समाजमा रहेर सामाजिक र मानवीय सेवालाई प्रभावकारी बनाउन व्यक्तिगत आर्थिक संकलनगरी नैतिक एवं भौतिक सहयोगार्थले सरकारी तथा गैरसरकारी निकायको पहुँचबाट सेवा नपाएकोहरुको सहयोगी बन्न पुगेको पाइएको छ । 

सरसफाइ अभियानमा लुम्बिनी प्रादेशिक अस्पताल पछाडिको कालिका पथमा अस्पतालमा आउने विरामीका कुरुवा र गरिएको शौच (पिसाव) को दुर्गन्ध, प्रदूषण नेपाल–भारत बस सेवाले बनाएको अव्यवस्थित पार्किङ थलो र यात्रुहरुले जथाभावी फाँक्ने फोहरमैलाले बुटवललाई सरसफाइयुक्त र हरियाली प्रवद्र्धनमा असर पुर्याउने देखिएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ