arrow

शक्ति बस्नेतको वडामा तरुण दलले बनायो अस्थायी टहरा, आरजूले दिइन् डिग्निटी किट

logo
हाम्रा कुरा
प्रकाशित २०८० पुष २७ शुक्रबार
arzu-bidwan.jpg

नेपालगञ्ज । नेपाल तरुण दलका अध्यक्ष विद्वान गुरुङले तरुण दलले ऊर्जामन्त्री शक्ति बस्नेतको वडामा अस्थायी टहरा बनाएको बताएका छन् । जाजरकोटमा भएको विनाशकारी भूकम्पमा परी घरवारविहीन हुने परिवारलाई नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल तरुण दलले ७२ ओटा अस्थायी टहरा बनाउने क्रममा मन्त्री बस्नेतको वडा पनि टहरा बनाएको बताएका हुन् । 

नेपालगन्जमा आयोजित जाजरकोटकी भूकम्प पीडित सुत्केरी, गर्भवती तथा सीमान्तकृत महिलाहरुलाई डिग्निटी किट एवं पौष्टिक तथा पोषिलो आहारको झोला हस्तान्तरण कार्यक्रममा बोल्दै गुरुङले सो जानकारी दिएका हुन् । 

उनले कुनै संघसंस्थाले त्यस ठाउँमा सहयोगको पहल नगरेको कुरा त्यस ठाउँका बासिन्दाले आफूलाई बताएपछि आफूहरुले यो त्यो नभनी अस्थायी टहरा निर्माण गरेको जानकारी दिए ।

कांग्रेस केन्द्रीय सदस्य एवं सांसद डा. आरजू राणा देउवाको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा गुरुङले  अझै पनि जाजरकोटमा समस्या रहेको बताए । 

डा. राणाको पहलमा रुडुक जस्तो धेरै राष्ट्रिय गैर तथा अन्तराष्ट्रिय गैर संस्थाको सहयोगमा उक्त डिग्निटी किट हस्तान्तरण गरिएको हो । 

डा. राणाले कार्यक्रमलाई सम्बोधन गर्दै तरुण दलले बोल्ने मात्रै हैन व्यवहारमै अस्थायी टहरा निर्माण गरेको हुनाले उक्त डिग्निटी किट तरुण दल मार्फतनै जाजरकोटका भूकम्प पीडितकोमा पुगोस् झोलाहरु हस्तान्तरण गरिन् । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ