arrow

नाउपाको अतिथि सत्कार

बयलगाढामा माधव [फोटोफिचर]

२०६२–६३ को आन्दोलनको शुरुआती चरणमा एमालेका नेता केपी शर्मा ओलीले बयलगाढा चढेर अमेरिका पुगिँदैन भनेर आन्दोलनलाई गिज्ज्याउने गर्थे

logo
हाम्रा कुरा
प्रकाशित २०८० पुष २६ बिहिबार
bayalgadhama-madhav-nepal-2.jpg

टीकापुर । नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले बयलगाडा चढेका छन् । नागरिक उन्मुक्ति पार्टीको प्रथम महाधिवेशनको अतिथि बन्न कैलालीको टीकापुर पुगेका नेपालले बयलगाडा चढेका हुन् । उनीसँगै नाउपाका संरक्षक रेशमलाल चौधरी थिए ।

२०६२–६३ को आन्दोलनको शुरुआती चरणमा एमालेका नेता केपी शर्मा ओलीले बयलगाढा चढेर अमेरिका पुगिँदैन भनेर आन्दोलनलाई गिज्ज्याउने गर्थे । त्यतिबेला पार्टीका महासचिव (उनीपछि मात्र अध्यक्षको चलन आयो) माधव नेपाल नै थिए । 

त्यसपछि बयलगाढाको चर्चा खुवै आउने गर्छ । उनले यस्तो आन्दोलनले राजतन्त्र ढल्दैन भनेर जिकिर गरेका थिए । त्यसबेलादेखि राजावादीहरु केपी ओलीतिर विश्वास बढाएका थिए । 

तर त्यही बयलगाढा चढेरै आएको गणतन्त्रपछि केपी ओली दुई पटक प्रधानमन्त्री भए । 

अहिले माधव नेपालले बयलगाढा चढ्दा त्यतिबेलाको प्रसङ्ग याद आउनु स्वभाविकै हो । 

नाउपाले पहिले सहभागितामै २०७९ को चुनावमा राम्रो उपस्थिति देखाएको छ । 

नागरिक उन्मुक्ति पार्टीको प्रथम राष्ट्रिय महाधिवेशन टीकापुरमा शुरु भएको छ । २०७२ सालको थरुहट आन्दोलनको जगमा डिल्लीबजार कारागारबाट स्थापित यस पार्टीको महाधिवेशन तीन दिन हुने आयोजकले जनाएको छ ।

महाधिवेशनबाट पार्टीको नेतृत्व हेरफेर हुने स्रोतले बताएको छ । नाउपाका अनुसार महाधिवेशबाट २९ पदाधिकारी, ५०१ केन्द्रिय सदस्य निर्वाचित हुनेछन् । जसमा एक अध्यक्ष, एक सहध्यक्ष, सात उपाध्यक्ष, एक महासचिव, ७ सहसचिव र एक कोषाध्यक्ष निर्वाचित हुनेछन् । 

महाधिवेशनमा सहभागी हुनका लागि देशभरका ५५ जिल्लाबाट ८ हजार प्रतिनिधि सहभागी हुँदैछन् । पार्टीका संरक्षक रेशमलाल चौधरीले पार्टीको राजनीति दस्तावेज प्रस्तुत गर्नेछन् । 

अध्यक्षमा रेशम कि रन्जिता ?

२०७२ सालको थरुहट आन्दोलनको जगमा स्थापित यस पार्टी गत आम निर्वाचनको सम्मुखमा खोलिएको थियो । दल दर्ताको छोटो समयमै यस पार्टीले सुदूरपश्चिम, लुम्बिनी तथा मधेस प्रदेशबाट राम्रो जनमत प्राप्त गरेको थियो ।  जसका कारण प्रतिनिधि सभामा ४, लुम्बिनी ४,  सुदूरपश्चिममा ७ सिट र मधेस प्रदेशमा १ सिट प्राप्त गरेको थियो ।

यस्तै स्थानीय तहमा चार पालिका प्रमुख, तीन पालिका उपप्रमुखसहित ९९ स्थानीय जनप्रतिनिधि जित्न सफल भएको थियो । 

पार्टीका वर्तमान संरक्षक रेशमलाल चौधरीले डिल्लीबजार कारागारबाट नै पार्टीको परिकल्पना तथा मार्गनिर्देशन गरेको थिए । 

उनी कारागारमा रहँदै स्थापना भएको पार्टीको अध्यक्ष हाल उनकै पत्नी रन्जिता श्रेष्ठ चौधरी छिन् । रन्जिता हाल नेपाल सरकारको भूमि व्यवस्था, गरिबी तथा सहकारी निवारण मन्त्री छिन् । 

प्रथम महाधिवेशनबाट पार्टीका नेतृत्व रेशमले नै गर्नुपर्ने माग केही कार्यकर्ताले राखेका छन् । कतिपयले भने रन्जितालाई नै दाहोर्याउनु पर्ने अडान राखेका छन । महिला नेतृत्व नै हुँदा राम्रो सन्देश जाने कतिपय महाधिवेशन प्रतिनिधिहरु बताउँछन् । 

रेशमले भने अहिले तत्कालै कुनै निर्णय गरिसकेका छैनन् । यद्यपि महाधिवेशनबाट पार्टीको संरक्षक रहने व्यवस्था हटाइँदैछ । स्रोत भन्छ, ‘रेशम माननीय अब पार्टीको अध्यक्ष बन्नुहुन्छ, बन्नुपर्छ भन्ने हाम्रो माग थियो । अहिले पार्टीको संरक्षक पद हटाइँदैछ । यसको संकेत उहाँ अध्यक्ष बन्ने तयारीमा हुनुहुन्छ भन्ने हो ।’ 

रेशम भने पार्टीको उद्घाटन सत्रपछि हुने बन्दसत्रका क्रममा आम महाधिवेशन प्रतिनिधिहरुको भावना अनुसार उचित निर्णय लिने बताउँछन् । 

उनी भन्छन्, ‘अध्यक्ष को बन्ने ? पदाधिकारी को बन्ने ? भन्ने कुरा महाधिवेशन प्रतिनिधिले छनोट गर्ने कुरा हो । उहाँहरुको निर्णय अनुसार नै पार्टी अघि बढ्छ ।

bayalgadhama-madhav-nepal-2080-09-26 (1).jpg
bayalgadhama-madhav-nepal-2080-09-26 (2).jpg
bayalgadhama-madhav-nepal-2080-09-26 (3).jpg
bayalgadhama-madhav-nepal-2080-09-26 (4).jpg
bayalgadhama-madhav-nepal-2080-09-26 (5).jpg
bayalgadhama-madhav-nepal-2080-09-26 (6).jpg
bayalgadhama-madhav-nepal-2080-09-26 (7).jpg
bayalgadhama-madhav-nepal-2080-09-26 (8).jpg
bayalgadhama-madhav-nepal-2080-09-26 (9).jpg
bayalgadhama-madhav-nepal-2080-09-26 (10).jpg
bayalgadhama-madhav-nepal-2080-09-26 (11).jpg
bayalgadhama-madhav-nepal-2080-09-26 (12).jpg
bayalgadhama-madhav-nepal-2080-09-26 (13).jpg


लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ