arrow

चैतभित्र दुग्ध किसानलाई भुक्तानी दिन कृषि मन्त्रीको निर्देशन [भिडियो]

हामी अनिकालले मर्छौँ 

logo
हाम्रा कुरा
प्रकाशित २०८० पुष २५ बुधबार
beduram-bhusal-samiti.jpg

काठमाडौँ । कृषि तथा पशुपक्षी विकास मन्त्री डा.वेदुराम भुसालले चैतभित्र दुग्ध किसानलाई भुक्तानी दिन निर्देशन दिएका छन् । बुधवार प्रतिनिधि सभा अन्तर्गतको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति बैठकमा बोल्दै मन्त्री भुसालले यस्तो बताएका हुन् । 

उनले दुग्ध बेचेको करिब १७ करोड रुपैयाँ संस्थानमा नदेखिएकाले दुग्ध विकास संस्था (डीडीसी) का महाप्रवन्धक सञ्जीव झालाई जिम्मेवारीबाट हटाएको बताए । उनले संस्थानको ऋण बढाउने तर किसानको भुक्तानी समेत नदिएकाले जिम्मेवारबाट हटाएको बताए ।

 उनले चैतभित्रमा किसानहरूको दुग्धको भुक्तानी दिन निर्देशन गरेको भन्दै अहिले डीडीसीको मात्रै नभएर प्राइभेट क्षेत्रबाट पनि किसानहरूले भुक्तानी नपाएको समस्या रहेको बताए । उनले धान उत्पादनको धेरै महत्त्व रहेकाले तराईमा सिँचाइ सुविधा पुर्‍याउन आवश्यक रहेको बताए । 

उनले तराईमा पानीको मुहान सुक्दै गएकाले चुरेको फेदबाट पूर्वपश्चिम नहर बनाउन आवश्यक रहेको बताए । उनले कृषि गणनाअनुसार ३० लाख ९१ हजार हेक्टर मध्येको १४ लाख ७७ हजार हेक्टर क्षेत्रमा धान खेती भएको र ६८ प्रतिशत हिस्सा तराईमा भए पनि १७ प्रतिशत मात्रै बालिमा सिँचाइ हुने गरेको बताए ।

उनले भने,‘धान उत्पादनको महत्त्व ठुलो छ । आर्थिक वर्ष २०७८-७९मा लिएको कृषि गणनाअनुसार ३० लाख ९१ हजार हेक्टरमा खेती गरिरहेका छौैं । त्यसमध्येको १४ लाख ७७ हजार हेक्टर क्षेत्रमा धान खेती गरिएको छ । धान खेतीको ६८ प्रतिशत हिस्सा तराईमा हो । तर १७ प्रतिशत मात्रै बालिमा सिँचाइ हुन्छ । बाँकी आकाशे पानीको भरमा हो । आकाशबाट पानी आयो खेती हुन्छ नभए हुँदैन । त्यसैले तराईमा सिँचाइमा जोड दिन खोजेका हो । तराईमा पानीको फमहरु सुक्दै गएकाले चुरे फेदीबाट पूर्वपश्चिम नहर बनाउनु पर्छ । नदी प्रणालीलाई जोड्नुपर्छ । त्यो गर्नुको विकल्प छैन । त्यो नगर्ने हो भने तराई मधेस मरुभूमि हुन्छ । हामी अनिकालले मर्छौँ । भारतले धान निर्यात नगर्ने भनेको छ । विश्वमा खाद्य सङ्कट आउँदै छ । मुलुकको खाद्य भण्डार कहाँ हो भन्ने थाहा पाएनौँ र हामीसँग भएको जमिनलाई प्रयोग गर्न सकनौं भने हामी खाद्यान्नमा समस्यामा पछौं । डीडीसीको आम्दानी नगर्ने ऋण मात्रै थुपार्ने र किसानलाई भुक्तानी नगर्न र आम्दानीको रकम कहाँ गएको छ थाहा नभएकाले हामीले केही कदम चालेका छौं । चैतभित्रमा नै किसानहरूको दुग्धको भुक्तानी दिन निर्देशन गरेको छु । यहाँ डीडीसीको मात्रै होइन यसको भन्दा बढी प्राइभेट क्षेत्रको धेरै छ ।’

मन्त्री भुसालले तराईमा खाद्यान्न उत्पादन वृद्धिको लागिचुरे फेदीबाट पूर्वपश्चिम नहर बनाएर नदी प्रणाली जोड्नुको विकल्प नभएको बताए । उनले नदी प्रणाली जोड्न नसके तराई मधेस मरुभूमि हुने दाबी गरे । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ