arrow

दुई सार्वजनिक संस्थानको कार्यकारी प्रमुखका लागि एकैपटक आवेदन आह्वान

logo
हाम्रा कुरा
प्रकाशित २०८१ वैशाख ६ बिहिबार
khadya=byabasta-dughdha-san.jpg

काठमाडौँ । दुई सार्वजनिक संस्थानको कार्यकारी प्रमुखको नियुक्तिको लागि आवेदन खुला भएको छ । सरकारले दुग्ध विकास संस्थान (डीडीसी) को महाप्रबन्धक र खाद्य तथा व्यापार कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) का लागि आवेदन खुलाएको हो । 

डीडीसीको सीईओका लागि कृषि तथा पशुपन्छी विकास मन्त्रालयले सूचना जारी गर्दै तीन साताको समय दिएर उक्त पदमा आवेदन खुलाएको छ । 

महाप्रबन्धकका स्नातकोत्तर उतीर्ण गरी कुनै पनि संस्था वा निकायमा अधिकृतस्तर वा व्यवस्थापकको हैसियतले कम्तीमा १० वर्षको काम गरेको हुनुपर्ने शर्त राखिएको छ । आवेदकको उमेर ३० देखि ६० वर्ष हुनुपर्ने उल्लेख गरिएको छ ।

सञ्जिवकुमार झाको कार्यकाल चैत १३ गते सकिएपछि सो पद अहिले रिक्त छ । अहिले सूर्यप्रसाद पौडेलले निमित्त महाप्रबन्धको जिम्मेवारी सम्हाल्दै आएका छन् । 

त्यस्तै खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत सीईओका लागिसमेत दरखास्त आह्वान भएको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय अन्तर्गत पर्ने उक्त कम्पनीको सीईओका लागि प्रशासन, व्यवस्थापन, अर्थशास्त्र, इञ्जिनियरिङ वा कानून विषयमा स्नातकोत्तर तह उत्तीर्ण व्यवस्थापकीय जिम्मेवारीमा कम्तीमा पाँच वर्षको अनुभव हासिल गरेको हुनुपर्ने जनाइएको छ । 

यसअघि रहेको प्रमुख कार्यकारी अधिकृत मोहनप्रकाश चन्दको कार्यकाल चैत २३ गतेदेखि सकिएको छ । अब नियुक्त हुने कार्यकारी प्रमुखको पदावधि तीन वर्षको हुनेछ ।
 



नयाँ