arrow

सीआईबीले सार्वजनिक गर्‍यो बमजनलाई

पक्राउ परेका बमजनको घरबाट ३ करोड ३४ लाख भन्दा बढी नगद बरामद [भिडियो]

बालयौन दुराचारसहित चेलाहरूको हत्या गरेको आरोप, सर्लाही जिल्ला अदालतमा उपस्थित गराइने

logo
हाम्रा कुरा
प्रकाशित २०८० पुष २५ बुधबार
bamjon-cib.jpg

काठमाडौँ । बाल यौन दुराचारको आरोपमा पक्राउ गरेका रामबहादुर बमजनको निवासबाट ३ करोड ३४ लाख ६७ हजार ९०६ रुपैयाँ बरामद गरिएको छ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले बुधबार काठमाडौँमा पत्रकार सम्मेलन गरी सो जानकारी गराएको हो । 

नेपाल प्रहरीले २०७६ सालमा नै सर्लाहीमा एक नवबालिकामाथि यौन दुराचार गरेको अभियोग लागेका बमजनलाई खोजी गर्दै आएकोमा मंगलवार बेलुका (हिजो) उनको काठमाडौंको हात्तीगौंडास्थित निवासबाट पक्राउ गर्न सफल भएको थियो । थप अनुसन्धानको क्रममा उनको घरबाट ठुलो धनराशी बरामद गरिएको पनि सीआईबीका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) दिनेश आचार्यले जानकारी दिए । 

उनका अनुसार बरामद गरिएका नगद राशिमध्ये १७ देशका विभिन्न मुद्राहरू रहेको र त्यसको नेपाली रकम ३० लाख ९२ हजार ४०६ हुन्छ । त्यसै गरी प्रहरीले उनको घरबाट १४ थान मोबाइल, ५ थान आईप्याड, २ वटा गाडी र ४ वटा मोटरसाइकल पनि फेला पारेको छ ।

एसएसपी आचार्यले भने, ‘लामो अनुसन्धान र प्रयासपछि केन्द्रीय अनुसन्धान ब्युरोद्वारा रामबहादुर बमजन भनिने रामलाल बमजनलाई हिजो बेलुकी हात्तिगौँडाबाट पक्राउ गर्न सफल भएका छौं । विशेष गरेर २०७६ सालमा सर्लाहीमा एक जना नवबालिकालाई बालयौन दुराचार बलात्कारको केशमा निज रामबहादुर बमजनको खोजी भइरहेको अवस्था थियो । यसै सन्दर्भमा विभिन्न मानिसहरू पनि हराइरहेको भन्ने सूचना पनि प्रहरीसँग आएको थियो । निज बमजनको खोजी केन्द्रीय अनुसन्धान ब्यूरेले लामो समयदेखि गरिरहेको अवस्था हो । र यसै पक्राउको सन्दर्भमा हिजो निजलाई पक्राउ गर्दा खेरी निजको निवासबाट ठुलो सङ्ख्यामा नेपाली रुपैयाँ टोटल ३ करोड ३ लाख ७५ हजार ५ सय रुपैयाँ विभिन्न देशका मुद्राहरूको नेपाली रुपैयाँमा कन्भर्ट गर्दा खेरी ३० लाख ९२ हजार ४ सय ६ रुपैयाँ बरामद भएको थियो । र यो नगदको साथसाथै अन्य थुप्रै सामानहरू बरामद गरिएको छ । जसमा मोबाइल १४ थान, आईप्याड ५ थान र निजको साथमा २ वटा गाडीहरू र ४ वटा मोटरसाइकल पनि रहेको पाइएको छ । थप अनुसन्धानको काम पनि भइरहेको छ । ’

ब्युरोले आज पक्राउ परेका बमजनलाई सर्लाही जिल्ला अदालतमा उपस्थित गराउने तयारी गरेको छ । उनीमाथि आफ्ना चेलाहरूको हत्या गरेको आरोप पनि लगाइएको छ । त्यसै गरी बमजनको घरबाट बरामद भएको १७ देशको विदेशी मुद्रासहितको ठुलो धनराशिबारे पनि थप अनुसन्धान गरी तत्काल कारबाही प्रक्रिया अघि बढाउने सीआईबीले जनाएको छ ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ