arrow

हतकडीसहित रामबहादुर बमजनलाई सार्वजनिक गर्‍यो सीआईबीले 

logo
हाम्रा कुरा
प्रकाशित २०८० पुष २५ बुधबार
rambahadur-bamjan-arrest.jpg

काठमाडौँ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले तपस्वी भनिने रामबहादुर बमजनलाई हत्कडीसहित सार्वजनिक गरेको छ । 

मंगलबार हात्तीगौँडाबाट मंगलबार बेलुकी पक्राउ गरेको सीआईबीले बुधबार पत्रकार सम्मेलन गरेर सार्वजनिक गरेको हो । उनीमाथि  व्यक्ति बेपत्ता, बलात्कार ललगायतका आरोप छन् । 

बम्जनको साथबाट नेपाली रुपैयाँ ३ करोड ४ लाख, अमेरिकी डलर १७ लाख ९७ हजार १६४ रुपैयाँ, भारतीय रुपैयाँ १ लाख ७६ हजार र चिनियाँ युआन ५ लाखभन्दा बढी बरामद गरेको प्रहरीको भनाइ छ । 

साथै अष्ट्रेलियन डर, युरो, क्यानेडियन डलर, डेनिस कर्नर, इन्डोसियन रुपैयाँ, मलेसियन रिंगेट, कोलम्बियन पेसो, इजरायली न्यू सकेकल, थाई भाट, यूएई दिराम, साउदी अरेबियन रकम, भुटानी र सिंगापुरको पैसा पनि भेटिएका छन् ।
 
सीआईबीले बम्जनलाई उनीविरुद्ध उजुरी परेको सर्लाही पठाउने तयारी गरेको छ ।  
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ