arrow

एएफसी सोलिडारिटी कप फुटबलः नेपाल र लाओस् भिड्दै

logo
प्रकाशित २०७३ कार्तिक २६ शुक्रबार
Pre-Semis-Training-Session-(6).jpeg
नेगेरी रंगशाला । मलेसियामा जारी एएफसी सोलिडारिटी कप फुटबल प्रतियोगिताको सेमिफाइनलमा नेपालले लाओससंग खेल्दैछ । 
 
खेल मलेसियाको नेगेरी रंगशालामा शनिबार दिउँसो नेपाली समयअनुसार २ः१५ बजे सुरु हुँदैछ । 
 
समूह ए को समूह विजेता नेपालले समूह बी को उपविजेता लाओससंग भिड्न लागेको हो । 
 
नेपालले समूह चरणमा टिमोर लेस्टेसंग गोलरहित बराबरी खेलेको थियो भने बु्रनाइलाई ३–० ले हराएको थियो । 
 
त्यसैगरी लाओसले समूह चरणमा श्रीलंका र मंगोलियालाई हराउँदा मकाउसंग पराजय बेहोरेको थियो । 
 
पाली प्रशिक्षक ग्योतोकु कोजीले समूह विजेता बनेसंगै नेपाल फाइनलमा पुगेको अड्कल काटेका छन् । 
 
कोजीले नेपाल मलेसियामा उपाधि जित्नकै लागि आएको स्पष्ट पार्दै भनेका छन् ‘लाओस राम्रो खेल्छ तर हामी उपाधि लिन मलेसिया आएका हौं ।’
 
नेपालले मलेसियामा राम्रोसंग अभ्यास गर्न पाएको भन्दै प्रशिक्षक कोजीले लाओसलाई सजिलै पराजित गर्ने बताए । 
 
शुक्रबार पनि नेपालले राम्रो अभ्यास गरेको छ । 
 
अर्को सेमिफाइनलमा शनिबार साँझ ५ः१५ बजे बु्रनाई र मकाउ भिड्ने छन् । 
 
्बु्रनाई नेपालको समूहको उपविजेता हो भने मकाउ समूह बी को विजेता हो । 
 

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ