arrow

राष्ट्रिय सभाका उम्मेदवारविरुद्ध आज उजुरी दिने समय

logo
हाम्रा कुरा
प्रकाशित २०८० पुष २४ मंगलबार
election-commission-hq-building-2022.jpg

काठमाडौँ । राष्ट्रिय सभामा उम्मेदवारी दिएकाहरु विरुद्ध आज उजुरी दिन समय छुट्टाइएको छ । माघ ११ गते हुन गइरहेको निर्वाचनका लागि हिजो उम्मेदवारी दर्ता गराएका ५२ जना उम्मेदवारविरुद्ध आज उजुरी दिने समय छुट्टाइएको निर्वाचन आयोगले जनाएको छ ।

फागुन २० गते समयसीमा सकिन लागेका २० सदस्यमध्ये १९ जना निर्वाचित भएर जानेछन् भने एक जना सरकारको सिफारिसमा राष्ट्रपतिले मनोनित गर्ने छन् ।

जसका लागि हिजो सातै प्रदेशमा उम्मेदवारी दर्ता भएको हो । स्वीकृत निर्वाचन कार्यक्रमअनुसार आज उम्मेदवारको विरोधमा उजुरी दिने, पुस २५ र २६ गते मनोनयनपत्र र उजुरी उपर जाँचबुझ गरी नामावली प्रकाशित गर्ने, पुस २७ गते उम्मेदवारले नाम फिर्ता लिने तथा अन्तिम नामावली प्रकाशन गर्ने र पुस २८ गते उम्मेदवारलाई निर्वाचन चिन्ह वितरण हुनेछ।

माघ ११ गते निर्वाचन हुनेछ ।  

यस्तो छ १९ का लागि ५२ को उम्मेदवारी
राष्ट्रिय सभाको १९ सिटका लागि हुने निर्वाचनमा ५२ जनाको उम्मेदवारी परेको हो । आयोगले हिजो बिहान १० देखि दिउँसो ३ बजेसम्मको समय दिएर सातै प्रदेशका निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारी दर्ता गर्न आह्वान गरेको थियो । सोअनुसार शान्तिपूर्ण रूपमा उम्मेदवारको मनोनयनपत्र दर्ता भएको आयोगले जनाएको छ । 

समग्रमा सातै प्रदेशमा महिला समूहतर्फ १८, दलित समूहतर्फ ५, अपाङ्गता भएका व्यक्ति वा अल्पसङ्ख्यक समुदायतर्फ ८ र अन्य समूहतर्फ २१ गरी जम्मा ५२ जनाको उम्मेदवारी परेको हो । 

सबैभन्दा बढी बागमतीमा १५ जनाको उम्मेदवारी परेको छ भने सबैभन्दा कम कोशी र मधेसमा ५–५ जनाको उम्मेदवारी परेको छ । 

जसअनुसार कोशी प्रदेशमा महिला समूहका लागि २ राजनीतिक दलका तर्फबाट र अन्य समूहका लागि ३ राजनीतिक दलका तर्फबाट ५ जना उम्मेदवारको मनोनयनपत्र दर्ता भएको छ।

मधेस प्रदेशमा महिला समूहका लागि २ राजनीतिक दलका तर्फबाट र अन्य समूहका लागि ३ राजनीतिक दलका तर्फबाट जम्मा ५ जना उम्मेदवारको मनोनयनपत्र दर्ता भएको छ ।

बागमती प्रदेशमा महिला समूहका लागि ४ राजनीतिक दलका तर्फबाट, दलित समूहका लागि ३ राजनीतिक दलका तर्फबाट, अपाङ्गता भएका व्यक्ति वा अल्पसङ्ख्यक समुदायका लागि ४ राजनीतिक दलका तर्फबाट र अन्य समूहका लागि ४ राजनीतिक दलका तर्फबाट जम्मा १५ जनाको मनोनयनपत्र दर्ता भएको छ।

गण्डकी प्रदेशमा महिला समूहका लागि ३ राजनीतिक दलका तर्फबाट, अपाङ्गता भएका व्यक्ति वा अल्पसङ्ख्यक समुदायका लागि २ राजनीतिक दलका तर्फबाट र अन्य समूहका लागि ३ राजनीतिक दलका तर्फबाट ८ जनाको मनोनयनपत्र दर्ता भएको छ।

लुम्बिनी प्रदेशमा महिला समूहका लागि ३ राजनीतिक दलका तर्फबाट र अन्य समूहका लागि ४ राजनीतिक दलका तर्फबाट जम्मा ७ जना उम्मेदवारको मनोनयनपत्र दर्ता भएको छ।

कर्णाली प्रदेशमा महिला समूहका लागि २ राजनीतिक दलका तर्फबाट, दलित समूहका लागि २ राजनीतिक दलका तर्फबाट र अन्य समूहका लागि २ राजनीतिक दलका तर्फबाट जम्मा ६ जना उम्मेदवारको मनोनयनपत्र दर्ता भएको छ।

सुदूरपश्चिम प्रदेशमा महिला समूहका लागि २ राजनीतिक दलका तर्फबाट, अपाङ्गता भएका व्यक्ति वा अल्पसङ्ख्यक समुदायका लागि २ राजनीतिक दलका तर्फबाट र अन्य समूहका लागि २ राजनीतिक दलका तर्फबाट जम्मा ६ जनाको मनोनयनपत्र दर्ता भएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ