arrow

सीपको सदुपयोग : जसको नाम मात्रै फेरिएन, दैनिकी पनि

logo
नारायण वली,
प्रकाशित २०८० पुष २४ मंगलबार
manc2.jpg

लुम्बिनी । देशमा रोजगारीको गतिलो आधार नभएको भन्दै पछिल्लो समय खाडी देशमा भन्दा युरोपतिर लाग्नेहरूको सङ्ख्या कमी छैन । उच्च शिक्षा पढ्ने नाममा बाहिरिने युवायुवतीहरूको सङ्ख्या वैधानिक रूपमा उतिकै छ भने, अवैधानिक हिँडेर (तल्लो बाटो) भएर मानव तस्कर (दलाल) लाई लाखौँ रुपैयाँ बुझाएर जानेहरूको लहर अनगिन्ती छ । बेरोजगारी र आर्थिक उपार्जनका लागि ५५ लाख देखि ८५ लाखसम्म दिएर अवैध बाटो हुँदै अमेरिका र युरोपका अन्य मुलुकमा जाने हुटहुटी भएकाहरूलाई सीमित लगानीमा स्वदेशमै राम्रै आम्दानी गर्न सकिने उदाहरण बनेर देखाएका छन्, दिनेश वेल्बासेले । मञ्चुरियन दाइ,

बुटवलको तेस्रो मार्ग मानिने बुटवल उपमहानगरपालिका वडा न-११ देविनगर स्थित मुस्कान पथ नजिक सडक छेवैमा ईरिक्सालाई मोडिफाई बनाएर नास्ता बनाउने गर्दछन् । अर्घाखाँचीको पाणिनी गाउँपालिका वडा न-१ खिदिम खुलौलेका हाल अस्थायी बुटवल ११ देविनगरमा बस्दै आएका बेल्वासेले रोजगारीका लागि भारतमा रहेर लामो समय होटलमा सिकेको सिपलाई अहिले स्वदेशमै आर्थिक उपार्जन गर्न सकिने उदाहरण देखाएका हुन् । न्यू क्वालिटी फास्ट फुड नामक ईरिक्सामा रेस्टुरेन्ट सञ्चालन गर्दै आएका बेल्वासेले स्पेसल प्रमुख विशेषता मञ्चुरियन, भेज मःम र चाउमिन खुवाएर धेरै ग्राहकको मन जित्न पुगेका छन् ।   

भारतको बेङ्गलोरमा सिकेको सीपलाई आफ्नो व्यावसायिक पेशामा परिणत गरेका छन् । उनी भन्छन्, रेस्टुरेन्ट सम्बन्धी सीप भारतमै सिके, भारतमा करिब १० वर्षभन्दा धेरै काम गरे । २०७३ सालतिर अब नेपालमै केही गर्छु भनेर स्वदेश आए । त्यति बेला नेपालमा ईरिक्सा राम्रै चलेको देखे र ईरिक्सा किन्ने निधो गरे । ३ लाख रुपैयाँमा ईरिक्सा किनेर चलाउन थाले रिक्साहरूको सङ्ख्या बढ्दै गएपछि कमाई घट्दै गयो, पछि यसलाई थप १ लाख रुपैयाँ लगाएर आफैले जानेको सिपलाई व्यावसायिक गर्ने भनेर सोही ईरिक्सालाई रेस्टुरेन्ट बनाएर अहिले स्पेशल मञ्चुरियन परिकारलाई भेराइटी रूपमा बिक्री गर्दै आएको छु । जसबाट ४ जनाको परिवार र घर व्यवहार चलाउन सहज भएको छ । मञ्चुरियन ब्रान्ड भएपछि अहिले मलाई मेरो नामले भन्दा मञ्चुरियन दाइ भनेर चिन्न थालेका छन् । 

उनले भने, आफुले भारतमा आफुले मासिक २५ हजार नेपाली कमाई हुने गरेको बताए । उक्त मजदूरी गरी कमाएको केही पैसा र ऋण लिएर नेपालमा लगानी गरेको व्यवसायले अहिले स्वदेशमै खर्च कटाएर मासिक ३५ देखि ४० हजार बचत हुन्छ । सडक किनार नजिकै व्यक्तिको घर आँगनको भूभागमा व्यवसाय चलाएका बेल्वासेले घरबेटीलाई मासिक बहाल तिर्छन्, अन्य खर्च रेस्टुरेन्टमा चाहिने सामानमा लाग्ने बताउँछन् । एउटी छोरी, श्रीमती, आमा  र म गरी चार जनाको परिवार धानिएको छ, म यसैमा खुसी छु, घरपरिवारसँगै बसेर स्वदेशमै यति कमाई हुनु नराम्रो होइन । 

दिनमा करिब ९ घण्टा खटेर परिश्रम गर्दै आएको उनको भनाई छ । राती ९ बजेसम्म सञ्चालन गर्छु । श्रम गरे नेपालमै पैसा कमाउन सकिन्छ, त्यसका लागि मेहनत गर्नुपर्छ उनले भने । व्यवसायलाई दर्ता गरी व्यवस्थित रूपमा चलाउन भनेर वडा कार्यालयमा गएको बताउँदै त्यहाँ घरजग्गाको कागजात मागियो । म भाडामा बस्नेको केही थिएन । त्यसैले दर्ता गर्न सकिन । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ