arrow

सनराइज क्यापिटल र लक्ष्मी क्यापिटल मार्केटको एकीकृत कारोबार शुरु 

logo
हाम्रा कुरा
प्रकाशित २०८० पुष २३ सोमबार
ls-capital-2080.jpg

काठमाडौँ । सनराइज क्यापिटल लिमिटेड र लक्ष्मी क्यापिटल मार्केट लिमिटेड एक आपसमा गाभिई आजको मितिबाट एलएस क्यापिटलको नाममा नेपालको एक विशाल मर्चेण्ट बैंकिङ कम्पनीका रुपमा एकीकृत कारोबारको शुभारम्भ भएको छ । 

एलएस क्यापिटलले कम्पनी रजिष्ट्रारको कार्यालयबाट मंसिर २९ गते लक्ष्मी सनराइज क्यापिटल लिमिटेडको नाममा कारोबार गर्ने स्वीकृति प्राप्त गरी आजदेखि आफ्ना समस्त ग्राहक वर्गलाई थप सशक्त रुपमा सेवा सुविधा उपलब्ध गराउने लक्ष्य लिएको बताएको छ । 

आज कम्पनीको प्रधान कार्यालय नयाँ बानेश्वरमा आयोजना गरिएको एक समारोहमा साविक लक्ष्मी क्यापिटल मार्केट लिमिटेडका अध्यक्ष सुमेद भट्टराई र सनराइज क्यापिटल लिमिटेडका अध्यक्ष अपछकुमार यादवले एकीकृत कारोबार प्रारम्भ भएको घोषणा गरेका छन् ।

विगत तीन दशकदेखि पूँजी बजारको उत्थानमा समर्पित यस मर्चेण्ट बैंकले आफ्ना समस्त ग्राहक वर्गलाई उच्चतम सेवा उपलब्ध गराउँदै आइरहेको र दुई कम्पनी गाभिए पश्चात् नवीनतम सेवा सुबिधाका साथ छुट्टै पहिचान स्थापित गर्ने लक्ष्य रहेको बताइएको छ । 

मर्जरपछि राजिव सापकोटाले अध्यक्षको पदभार ग्रहण गरेका छन् भने विजयलाल श्रेष्ठले प्रमुख कार्यकारी अधिकृत पदको जिम्मेवारीलाई निरन्तरता दिएका छन् । 
 
साथै मर्जर पश्चात कम्पनीले हाल गर्दै आएको मर्चेन्ट बैंकिङ तथा इन्भेष्टमेन्ट बैंकिङ व्यवसायमा प्रविधिको माध्यमबाट आधुनिकीकरण गरी आफ्ना सेवाहरुको विस्तार गर्ने र सकारात्मक सोचका साथ आफ्ना सेवाहरुलाई अझ सुदृढ र सशक्त रूपमा विस्तार गर्दै धितोपत्र बजारमा आफ्नो विशिष्ट पहिचान बनाउन सकिने विश्वास क्यापिटलले लिएको छ ।

यस मर्चेण्ट बैंकको एकीकृत चुक्ता पुँजी मर्जर पश्चात् ४८ करोड ८९ लाख कायम भएको छ । कम्पनीले सर्वसाधारणका लागि २०० भन्दा बढी धितोपत्र निष्काशन, ४१ वटा बोलपत्र मार्फत धितोपत्र निष्काशन र ५२ वटा शेयर प्रत्याभूति व्यवस्थापन गरिसकेको कम्पनीको रुपमा परिचय बनाउन सफल भएको बैंकले जनाएको छ । 

साथै ३०० जनाको करिब ६४ करोड रकम बराबरको पोर्टफोलियो व्यवस्थापन गरेको, ९ वटा म्युचुअल फण्ड व्यवस्थापन गरिसकेकोमा हाल १ खुलामुखी म्युचुअल फण्डसहित ७ वटा म्युचुअल फण्ड व्यवस्थापन गर्दै आइरहेको जनाएको छ । 

जस अन्तर्गत ७ अर्बको सम्पत्ति व्यवस्थापन भइरहेको, एक विशिष्टीकृत लगानी कोष अन्र्तगत प्राइभेट इक्विभटी भेन्चर क्यापिटल फण्डको रुपमा १ अर्ब बराबरको लक्ष्मी सस्टेनेबल इनर्जी फण्ड संचालनमा रहेको, ३२ वटा कम्पनीहरुको शेयर रजिष्ट्रारको काम गरिरहेको र ३ लाख ३० हजार भन्दा बढी डिम्याट खाता खोल्न सफल भएको जनाएको छ ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ