arrow

गण्डकीमा एमालेका पराजुली, शेरचन र देवकोटाकाे उम्मेद्वारी दर्ता

logo
हाम्रा कुरा
प्रकाशित २०८० पुष २३ सोमबार
uml-ummedawar-gandaki-haripanta.jpg

पोखरा । राष्ट्रियसभा निर्वाचनका लागि गण्डकी प्रदेशमा नेकपा एमालेका उम्मेद्वारहरुले उम्मेद्वारी दर्ता गराएका छन् ।उम्मेद्वारी दर्ता गराउनेमा  स्याङ्जाका चक्रबहादुर पराजुली, मुस्ताङका हेमन्त शेरचन र गोरखाकी सम्झना देवकोटा छन् । 

पराजुलीले अन्य, शेरचनले अपाङ्गता/अल्पसंख्यक र देवकोटाले महिला क्लष्टरमा उम्मेद्वारी दर्ता गराएका हुन् ।

उनीहरुले र्यालीसहित प्रदेश निर्वाचन कार्यालय गण्डकीस्थित निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उम्मेद्वारी दर्ता गराएका हुन् । 

राष्ट्रियसभा सदस्य निर्वाचन माघ ११ गते हुँदैछ ।

गण्डकीमा राष्ट्रियसभाका गणेशप्रसाद तिमिल्सिना, दीपा गुरुङ र प्रकाश पन्थको कार्यकाल आगामी फागुन २० गते सकिँदैछ।

यसअघि तिमिल्सिना र गुरुङ एमालेबाट र पन्थ कांग्रेसबाट निर्वाचित भएका थिए । तिमिल्सिना वर्तमान राष्ट्रिय सभा अध्यक्षसमेत हुन् ।

गण्डकीमा ६० जना प्रदेशसभा सदस्य, १ सय ७० जना स्थानीय तहका प्रमुख र उपप्रमुख मतदाता छन् ।

निर्वाचन आयोगका अनुसार गण्डकीमा २ सय ३० मतदाता कायम छन् । गण्डकीको कुल मतभार ६ हजार ४ सय १० कायम भएको छ ।

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ