arrow

राष्ट्रियसभा निर्वाचन : गण्डकीमा श्रेष्ठ, परियार र शर्माको उम्मेद्वारी दर्ता

logo
हाम्रा कुरा
प्रकाशित २०८० पुष २३ सोमबार
kiran-manrupa-padam-gandaki-haripanta.jpg

पोखरा । राष्ट्रियसभा सदस्य निर्वाचनका लागि गण्डकीमा सत्ता गठबन्धनका उम्मेदवारहरुले उम्मेद्वारी दर्ता गराएका छन् ।

नेपाली कांग्रेसबाट गोरखाका किरणबाबु श्रेष्ठ र तनहुँबाट पदमबहादुर परियार, नेकपा माओवादी केन्द्रबाट पर्वतकी मनरुपा शर्माले उम्मेद्वारी दर्ता गराएका हुन् ।

श्रेष्ठले अन्य, परियारले अपाङ्गता/अल्पसंख्यक र शर्माले महिला क्लष्टरमा प्रदेश निर्वाचन कार्यालय गण्डकीस्थित निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उम्मेद्वारी दर्ता गराएका हुन् । राष्ट्रियसभा सदस्य निर्वाचन माघ ११ गते हुँदैछ ।

गण्डकीमा राष्ट्रियसभाका गणेशप्रसाद तिमिल्सिना, दीपा गुरुङ र प्रकाश पन्थको कार्यकाल आगामी फागुन २० गते सकिँदैछ।

यसअघि तिमिल्सिना र गुरुङ एमालेबाट र पन्थ कांग्रेसबाट निर्वाचित भएका थिए । तिमिल्सिना वर्तमान राष्ट्रिय सभा अध्यक्षसमेत हुन् ।

गण्डकीमा ६० जना प्रदेशसभा सदस्य, १ सय ७० जना स्थानीय तहका प्रमुख र उपप्रमुख मतदाता छन् ।

निर्वाचन आयोगका अनुसार गण्डकीमा २३० मतदाता कायम छन् । गण्डकीको कुल मतभार ६ हजार ४१० कायम भएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ