arrow

विपिनलाई ल्याउन दबाब

निर्दयी हमासले कहाँ राख्यो विपिनलाई ? जन्मदिनमा रिहाइको माग [फोटोफिचर]

सरकारलाई भक्झक्याउन गरियो र्‍याली, सकुशल फिर्ता ल्याउन आह्वान

logo
हाम्रा कुरा
प्रकाशित २०८० पुष २२ आइतबार
bipin-joshi-missing-2080-09.jpg

काठमाडौँ । इजरायल–हमास युद्धका क्रममा बेपत्ता कञ्चनपुरका विपिन जोशीको सकुशल उद्धारका लागि आफन्त तथा साथीभाइहरुले आज र्याली निकालेका छन् । 

ललितपुरको लगनखेलबाट शुरू गरिएको र्याली जावलाखेलमा आएर औपचारिक कार्यक्रममा परिणत भएको थियो । विपिनको जन्म दिनको अवसरमा आज सो कार्यक्रम आयोजना गरिएको विपिनका दाजु वासुदेव जोशीले जानकारी दिए ।

र्यालीमा सहभागीहरुले सरकारलाई झक्झक्याउन र्याली निकालिएको बताएका छन् । उनीहरुले बोलेको प्लेकार्डमा ‘सरकार विपिनलाई बिर्सनु भयो कि ?’, ‘विपिन जोशीको खवर खोइ त सरकार ?’ लगायत लेखिएको थियो । 

आतङ्कवादी समूह हमासले बन्दी बनाएको भनिएका नेपाली युवक विपिन जोशीको अवस्था अझै अज्ञात छ । उनको रिहाइका लागि धेरै नै पहल भइरहेको छ । तर त्यो पहल हमाससम्म पुगेको देखिँदैछ । 

परराष्ट्र मन्त्री पटक पटक विदेश गएर पहल गरे । कतारसमेत गएर पहल गरे । उनी हमासले आक्रमण गरेपछि आतंकित भएर इजरायलमा बसेका नेपालीहरुलाई लिन आफैँ गए । तर विपिनको पत्तो छैन । 

नेपालका लागि इजरायलका राजदूत खनान गोडेरले विपिन जोशीलगायत अन्य देशका बन्धकलाई मुक्त गर्ने प्रयास जारी रहेको बताउँदै जोशी हमासको कब्जामा सकुशल रहेको सूचना आफूलाई प्राप्त भएको जानकारी यसअघि नै सभामुख देवराज घिमिरेलाई बताएका थिए ।  

गत असोज २० गते हमासको आक्रमणमा परी १० जना नेपाली विद्यार्थीको ज्यान गएको थियो भने विपिनलाई हमासले बन्धक बनाएको इजरायली सेनाले बताउँदै आएको छ । 

यता, इजरायल–हमास युद्धमा अहिलेसम्म २५ बन्धकको मृत्यु भएको छ । गत ७ अक्टोबरमा प्यालेस्टाइनको आतङ्कवादी समूह हमासले इजरायलमा अचानक आक्रमण थालेदेखि हजारौँको मृत्यु भएको छ । 

त्यसैगरी हमासले करिब २४० जनालाई बन्धक बनाएकामा २५ जनाको मृत्यु भइसकेको जनाइएको छ । बन्धक बनाएर गाजा लिएर गएकामा अहिलेसम्म २५ जनाको मृत्यु भएको हो । 

मारिएका बन्धकमा कतिपय त इजरायली सेनालेसमेत गोली मारेको पाइएको छ । हमासले पनि मौकाको फाइदा उठाउँदै इजरायली बमबारीमा बन्धकहरु मारिएको बताएको छ । 

विभिन्न अन्तर्राष्ट्रिय मानवअधिकारवादी संस्थाहरु एवं अन्य देशहरुको कूटनीतिक पहलका कारण झण्डै सय जना बन्धकलाई हमासले छाडेको थियो । 

यो हिसाबले पनि अझै ११० देखि ११५ बन्धक हमासकै कब्जामा छन् । 

गाजामा इजरायलले गरेको कारबाही
इजरायल–हमासबीच द्वन्द्व शुरु भएदेखि गाजा पट्टीमा इजरायली हमलामा मृत्यु हुने प्यालेस्टाइनीको सङ्ख्या २२ हजार ६०० नाघेको गाजास्थित स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

गत अक्टोबर ७ तारिख यता इजरायलले हमासको अप्रत्यासित आक्रमणको जवाफमा गाजा विरुद्ध आफ्नो सैन्य कारबाही शुरु गरेदेखि २२ हजार ६०० जना भन्दा बढीको मृत्यु भएको छ ।

bipin-joshi-missing-2080-09-22 (1).jpg
bipin-joshi-missing-2080-09-22 (2).jpg
bipin-joshi-missing-2080-09-22 (3).jpg
bipin-joshi-missing-2080-09-22 (4).jpg
bipin-joshi-missing-2080-09-22 (5).jpg
bipin-joshi-missing-2080-09-22 (6).jpg
bipin-joshi-missing-2080-09-22 (7).jpg
bipin-joshi-missing-2080-09-22 (8).jpg
bipin-joshi-missing-2080-09-22 (9).jpg


लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ