arrow

संस्कृति मन्त्री सुदन किराँतीविरुद्ध उजुरी

logo
हाम्रा कुरा
प्रकाशित २०८० पुष १९ बिहिबार
sudan-kirati-yeshkumar.jpg
तस्बिर – फाइल ।

काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीविरुद्ध धार्मिक भावनामा आँच पुर्‍याएको भन्दै उजुरी परेको छ । 

काठमाडौँका ध्रुवराज लुईंटेलले मन्त्री किराँतीविरुद्ध जिल्ला प्रहरी परिसर काठमाडौँमा उजुरी दिएका हुन् । गत ४ पुसमा प्रज्ञा भवन कमलादीमा आयोजित सार्वजनिक कार्यक्रममा मन्त्री किराँतीले दिएको अभिव्यक्तिले धार्मिक भावना आघात पुगेकाले उनलाई पक्राउ गरी ३ वर्ष कैद र २० हजार रुपैयाँ जरिबाना गराउन निवेदक लुईंटेलले माग गरेका छन् । 

‘म जाहेरवाला लामो समय अगाडिदेखि हिन्दू धर्मको भावनाले ओतप्रोत भइ धर्मको माध्यमले राज्यलाई सशक्तिकरण गर्ने र एकतामा राख्न सक्छ भनी धार्मिक सेवा गरी हिँडी आएको एक वैदिक सनातनी धार्मिक व्यक्ति हुँ । विपक्षी सुदन किराँती भन्ने सुदन राई नेपाल सरकारको पर्यटन संस्कृति मन्त्री भई कार्य गरेकोमा नेपालको संस्कृति र पर्यटन क्षेत्रमा काम गर्नु पर्नेमा विपक्षीले मिति २०८०–९–१४ गते भएको भेलामा क्रिश्चियन मान्दिन ‘भन्नु संविधान मान्दिन भन्नु हो, संविधान मान्दिन भन्ने देशद्रोही हो, देशद्रोहीलाई हत्कडी लगाउने र जेलमा हालिने भनी भाषण गरी निजले भाषणबाट जात, जाति, सम्प्रदाय र वर्गको धार्मिक भावनामा सनातन कालदेखि चलिआएको धर्मलाई आघात पुर्‍याई क्रिश्चियनबाहेक अन्य धर्मलाई हेयको रुपमा हेरी धार्मिक प्रचारसमेत गरेको तथा मुलुकी अपराध संहिता, २०७४ को दफा १२६ मा कसैले जात जाति, सम्प्रदाय वा वर्गको भावनामा आघात पुर्‍याउन हुँदैन भन्ने कानुनी व्यवस्थाको बर्खिलापमा क्रिश्चियन धर्म नमान्ने देश द्रोही भएको अफवाह फैलाई अन्य धार्मिक भावनामा आघात पुर्‍याएको, विपक्षी कसूरदारले क्रिश्चियन धर्मको प्रचारक जस्तो बनी अन्य वैदिक सनातन धर्मप्रति हेय तथा भेदभावपुर पुर्‍याएकोले विपक्षीले गरेको उक्त मितिको भाषण सामाजिक सञ्जालमा भाइरलसमेत भइरहेको हुँदा विपक्षीबाट धार्मिक भावनामा आघात पुगेको हुँदा विपक्षीलाई पक्राउ गरी मुलुकी अपराध संहिता, २०७४ को दफा १५६ (१) को कसूरमा ऐ को दफा १५६ (२) बमोजिम ३ वर्ष कैद र २० हजार रुपैयाँ जरिवाना समेत गराई पाउँ’, निवेदकमा उल्लेख गरिएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ