arrow

नेपाल–भारत संयुक्त आयोगको सातौँ बैठक जारी 

logo
हाम्रा कुरा
प्रकाशित २०८० पुष १९ बिहिबार
nepal-india-foreign-affairs.jpg

काठमाडौँ । नेपाल–भारत परराष्ट्रमन्त्रीस्तरीय संयुक्त आयोगको सातौँ बैठक जारी रहेको छ । काठमाडौँमा जारी बैठकमा परराष्ट्रमन्त्री नारायणप्रकाश साउद र भारतीय विदेशमन्त्री डा एस जयशङ्करले आ–आफ्नो देशको प्रतिनिधिमण्डलको नेतृत्व गरेका छन् । 

बैठकमा द्विपक्षीय सहकार्य र आपसी हितका विविध विषयमा समीक्षा र छलफल भइरहेको छ । भारतीय विदेशमन्त्री डा जयशङ्कर दुई दिने भ्रमणका क्रममा आज नेपाल आइपुगेका हुन् । 

यसअघि उनले राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग छलफल गरिसकेका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ