arrow

रुसी सेनामा कार्यरत थप तीन नेपाली नागरिकको मृत्यु

logo
हाम्रा कुरा
प्रकाशित २०८० पुष १८ बुधबार
russia-ukraine-war-wall-steet-journal.jpg

काठमाडौँ ।  रुसी सेनामा कार्यरत थप तीन नेपाली नागरिकको मृत्यु भएको छ ।

रुस-युक्रेन युद्धमा थप तीन जना नेपालीको मृत्यु भएको परराष्ट्र मन्त्रालयले मंगलबार जनाएको हो ।

मन्त्रालयका प्रवक्ता अमृतबहादुर राईले राहदानी नं १२२९९८९१ वाहक स्याङ्जाका हरिप्रसाद अर्याल, राहदानी नं ११०२७१७५ वाहक कैलालीका भरबहादुर शाह र राहदानी नं ०७५७३७३८ वाहक धादिङका राजकुमार गिरीको निधन भएको जानकारी प्राप्त भएको जानकारी दिए । 

यसअघि रुसी सेनामा कार्यरत गोरखाका सन्दीप थपलिया, कपिलवस्तु वाणगङ्गा-१ का रुपक कार्की, पोखरा कास्कीका देवान राई, पुतलीबजार-५ स्याङ्जाका पितम कार्की, मेलुङ-६ दोलखाका राजकुमार रोका, इलाम-५ इलामका गङ्गाराज मोक्तान तथा कुन्दन सिंह नागलको मृत्यु भइसकेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ