arrow

बालकुमारीमा झडप, प्रहरीको गोली लागि दुई जनाको मृत्यु [भिडियो]

logo
हाम्रा कुरा
प्रकाशित २०८० पुष १३ शुक्रबार
balkumari-jhadap.jpg

काठमाडौँ । कोरिया जानका लागि रोजगार अनुमति प्रणाली (इपीएस) परीक्षा दिन नपाएपछि युवाहरूले गरेको प्रदर्शनमा प्रहरीको गोली लागि दुई जनाको मृत्यु भएको छ । 

शुक्रबार ललितपुरको बालकुमारीमा भएको विरोध प्रदर्शनमा प्रहरीको गोली लागेर दुई जनाको मृत्यु भएको हो । 

मृत्यु हुनेमा दैलेखका सुजन रावत र डोटीका वीरेन्द्र साह रहेको नेपाल प्रहरीका प्रवक्ता कुवेर कडायतले बताए । 

उनले आन्दोलनको क्रममा घाइते भएकाहरूको उपचारका क्रममा निधन भएको बताए । निधन हुनेहरूमा सुर्खेतका सुजन रावत र डोटीका वीरेन्द्र साह रहेको बताए ।

 वीरेन्द्र साहको ठेगाना भने डोटी वा अछाम भन्ने स्पष्ट भई नसकेको उनको भनाइ छ । प्रदर्शनमा उत्रिएका युवाले सडक अवरुद्ध पार्दै सवारीसाधनमा आगजनी गरेका थिए । 

भौतिक पूर्वाधार मन्त्री प्रकाश ज्वालाको बा २ झ ५८६१ नम्बरको गाडी रोकेर उनीहरूले सुरुमा हावा खुस्काएका थिए । लगत्तै उनीहरूले गाडीमा आगजनी समेत गरेका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ