नेप्सेको ओरालो यात्रा कायमै, बिहीबार झिनो अंकको गिरावट
हाम्रा कुरा
प्रकाशित २०८० पुष १२ बिहिबार
2.1k
Shares
काठमाडौँ । नेप्से परिसूचक (नेप्से) को ओरालो यात्रा कायमै रहेको छ । शेयर बजार बिहीबार करिब २ अंकले घटेको छ । बिहीबार १.९३ अंकले घटेको शेयर बजार २०६८.० विन्दुमा पुगेर बन्द भएको छ ।
यस दिन ३०३ कम्पनीको १ करोड १६ लाख ५८ हजार ११० कित्ता शेयर किनबेच हुँदा ४ अर्ब २९ करोड ९ लाख ३२ हजार २९७ रुपैयाँको कारोबार भएको छ ।
यस दिन १०३ वटा कम्पनीको शेयर मूल्य बढ्दा १३५ वटा कम्पनीको घटेको छ भने ८ ओटाको स्थिर छ ।
यो साताका कारोबार भएका दिनमा नेप्से ओरालो लागेको छ ।