arrow

कांग्रेस बागमती प्रदेश सम्मेलनको तयारी पूरा

logo
हाम्रा कुरा
प्रकाशित २०८० पुष ६ शुक्रबार
Nepali-Congress-Party-Flag.jpeg

काठमाडौँ । नेपाली कांग्रेसको पुस ७ गते शनिबार काठमाडौँमा हुने बागमती प्रदेश सम्मेलनको सम्पूर्ण तयारी पूरा भएको छ । कांग्रेस बागमती प्रदेश समितिले आज यहाँ पत्रकार सम्मेलन गरेर सम्मेलनको सम्पूर्ण तयारी पूरा भएको जानकारी दिएको हो । 

बागमती प्रदेशका सभापति इन्द्रबहादुर बानियाँले प्रदेश सम्मेलनका लागि बागमती प्रदेशका १३ वटै जिल्लाका पार्टीका पदाधिकारी एवं सदस्य सहभागी हुने जानकारी दिए ।

सम्मेलनको पार्टी सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले उद्घाटन गर्ने गर्ने कार्यक्रम छ सम्मेलनमा बागमती प्रदेशका १३ जिल्लाका ६६ सङ्घीय निर्वाचन क्षेत्रका ७८२ जना प्रदेश प्रतिनिधि, बागमती प्रदेशका सङ्घीय सांसद, प्रदेशसभा सदस्य, क्षेत्रीय सभापति, नगरपालिका/गाउँपालिकामा निर्वाचित प्रमुख/उपप्रमुख, अध्यक्ष/उपाध्यक्ष तथा बागमती प्रदेशका एक सय १९ पालिकाका सभापति सहभागी हुने सभापति बानियाँले बताए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ