अबको निर्वाचनमा कांग्रेसले अधिक स्थान जित्ने ठोकुवा
हाम्रा कुरा
प्रकाशित २०८० पुष ५ बिहिबार
746
Shares
उदयपुर । नेपाली कांग्रेसका केन्द्रीय सदस्य नारायण खड्काले नेपाली कांग्रेस एकताबद्ध भएर गएमा आगामी निर्वाचनमा अहिलेकोभन्दा अधिक स्थान हासिल गर्ने ठोकुवा गरेका छन्।
पार्टीले बुधबार यहाँ आयोजना गरेको जिल्ला भेलामा नेता खड्काले यसअघिको चुनावमा कांग्रेसले बाध्य भएर अन्य पार्टीसँग तालमेल गर्नुपरेको बताए ।
अन्तर्घात भएका कारण धेरै स्थानमा चुनाव हार्नुपरेको उनले दुखेसो गरे ।
अब कांग्रेस पार्टीभित्रका सबै नेता तथा कार्यकर्ता एकताबद्ध भएर जान सके आगामी निर्वाचनमा कसैसँग चुनावी तालमेल गरेर चुनाव लड्न नपर्ने नेता खड्काले बताए ।