arrow

आफ्नै पूर्व कर्मचारीले चोरिन् फेसबुकको चार मिलियन डलर 

logo
हाम्रा कुरा
प्रकाशित २०८० पुष १ आइतबार
meta-facebook-building.jpg

न्यूयोर्क । सामाजिक सञ्जाल फेसबुककी एक पूर्व कर्मचारीले कम्पनीलाई करोडौँ डलर ठगी गरेको भेटिएको छ । वास्तवमा, कम्पनीले फेसबुककी एक पूर्व कर्मचारीलाई ४ मिलियन डलर चोरी गरेको आरोपमा दोषी पाएको हो । कर्मचारीले विलासितामा यति ठूलो रकम खर्च गरिन् कि उनी क्यालिफोर्निया र जर्जिया गएर पैसा भब्य उडाउने काम गरेको खुलेको छ ।

अमेरिकामा बार्बरा फार्लो स्माइल्स नामकी महिला फेसबुकमा काम गर्थिन् । अमेरिकी अधिवक्ताको कार्यालयका अनुसार ती महिला कम्पनीमा प्रमुख रणनीतिकारको रूपमा काम गरिरहेकी थिइन् । उनले सन् २०१७ देखि २०२१ सम्म कम्पनीमा काम गरेकी थिइन् । तर, यसैबिचमा उनले पैसा लुट्ने अनौठो तरिका अपनाउन शुरू गरिन् ।

जसमा उसले ठगी बिक्रेता, नक्कली शुल्क र नगद किक ब्याक आदि योजनामार्फत पैसा चोर्न शुरू गरिन् । उनले कम्पनीको लागि झुटा बिलहरू बनाइन् र कम्पनीले कहिल्यै नपाएको सेवाहरूको लागि पैसा लुट्ने काम गरिन् ।

प्रेस विज्ञप्तिमा भनिएको छ कि,  ‘बारबराले विलासी जीवन बिताउन आफ्नो फेसबुक एक्सपेन्स खाता प्रयोग गरेकी थिइन् । उनले यो पैसा क्यालिफोर्निया र जर्जियामा गएर खर्च गरिन् । उनले कपाल स्टाइल, बेबी सिटर र प्रि–स्कुल ट्युशनसहित व्यक्तिगत खर्चको लागि कम्पनी कोषको रकम प्रयोग गरिन् । 

फेसबुकमा अनुसार बारबराले कम्पनीको क्रेडिट कार्डलाई पे पल, भेन्मो जस्ता डिजिटल पेमेन्ट एपसँग लिङ्क गरेको थिइन् । त्यसपछि उनले कार्डमा लागू नहुने सेवाहरू प्रयोग गरिन् ।

महिलाले आफ्ना साथी, आफन्त आदिलाई पनि योजनाको हिस्सा बनाएकी थिइन् । अन्वेषकहरूले भने कि ती महिलाले गलत खर्च रिपोर्ट तयार गरेकी थिइन् । 

त्यसपछि व्यापारीहरूले उनलाई नगद भुक्तानी गरे। जसअनुसार ती महिलाले फेसबुकबाट ४ मिलियन डलर भन्दा बढी चोर्न सफल भइन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ