arrow

भावी प्रधानसेनापति सिग्देललाई रथीको दर्ज्यानी चिह्न

logo
हाम्रा कुरा
प्रकाशित २०८० मंसिर २९ शुक्रबार
ashokraj-sigdel-prabhuram-s.jpg

काठमाडौँ । प्रधानसेनापति प्रभुराम शर्माले रथी दर्जामा बढुवा भएका उपरथी अशोकराज सिग्देललाई आज रथी दर्जाको दर्ज्यानी चिह्न प्रदान गरेका छन् ।  मन्त्रिपरिषद्को बिहीबारको बैठकले उनलाई उक्त पदमा बढुवा गर्ने निर्णय गरेको थियो । 

विसं २०२३ माघ १९ गते कपिलवस्तुमा जन्मिएका रथी सिग्देल २०४३ फागुन ३ गते नेपाली सेनाको अधिकृत क्याडेट दर्जामा प्रवेश गरी २०४५ जेठ १९ गते नेपाली सैनिक प्रतिष्ठानबाट सहायक सेनानी भएका थिए । 

सिग्देल भावी प्रधानसेनापति हुन् । 

आजै जङ्गी अड्डामा आयोजित कार्यक्रममा प्रधानसेनापतिले रथी सिग्देलका साथै उपरथीमा बढुवा भएका सहायक रथी सन्तोष वल्लभ पौडेललाई पनि  दर्ज्यानी चिह्न प्रदान गरे । 

रथी सिग्देल बलाधिकृत र उपरथी पौडेल पश्चिम पृतनापतिमा नियुक्त भएका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ