arrow

प्रदेश प्रहरी अस्पताल सारेपछि उद्योग वाणिज्य संघको विरोध 

logo
विवेक मिश्र, 
प्रकाशित २०८० मंसिर २८ बिहिबार
belbari-hospital.jpg

मोरङ । बेलबारीबाट कोशी प्रदेश प्रहरी अस्पताल रातारात सुनसरीको इनरुवामा सारिएको विषयलाई लिएर उद्योग वाणिज्य संघ बेलबारीले विरोध जनाएको छ । एक विज्ञप्ति जारी गर्दै अस्पताल पुनःस्थापना गर्न वाणिज्य संघले माग गरेको छ । 

१५ शय्याको अस्पताल सञ्चालनमा आएको ९ महिनापछि मंगलबार मध्यरात स्थानीय पालिकासँग कुनै समन्वय र सल्लाह इनरुवामा सारिएपछि जनप्रतिनिधि तथा राजनीतिक दलहरूले विरोध जनाउँदै आएका छन् । 

जनप्रतिनिधि तथा राजनीतिक दलले गरेको विरोधप्रति उनीहरूले ऐक्यबद्धता जनाएका छन् । शुक्रबार दिउँसो १ बजे बेलबारी बजारमा सम्पूर्ण राजनैतिक दल शहीदको उपस्थितिमा दबाबमूलक कार्यक्रमसमेत राखिएको उद्योग वाणिज्य संघ बेलबारीका अध्यक्ष अशोक श्रेष्ठले बताए । 

दैनिक ३० जनासम्म ओपीडीमा बिरामी आउने गरेको अस्पतालको अभिलेखमा देखिन्छ । अस्पतालमा नवौँ तहका चिकित्सकसहित ६० जनाको दरबन्दी थियो । 

उक्त अस्पताल यही मंसिर २६ गते मध्यरातमा इनरुवामा सारिएको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ