arrow

सिम्रौनगढमा झडप, युवाको गोली लागेर मृत्यु

logo
प्रिमेश शिवाकोटी,  
प्रकाशित २०८० मंसिर २७ बुधबार
bara-firing-2080-08-27.jpg

बारा । बाराको सिम्रौनगढ नगरपालिकामा प्रहरीको गोलीबाट एक जनाको घटनास्थलमै मृत्यु भएको छ । 

प्रमुख प्रशासकीय अधिकृत हाजिर गराउने विषयलाई लियर विवाद हुँदै आएकोमा आज विवादले उग्र रुप लिँदा झडपको स्थिति सिर्जना भएको थियो । 

स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले हवाई फायर गर्दा सिम्रौनगढ १ ननसगराढाँटका २५ वर्षीय लक्ष्मी मुखिया बिनको मृत्यु भएको बारा प्रमुख जिल्ला अधिकारी नवराज सापकोटाले जानकारी दिए । 

उनको टाउकोमा गोली लागेको थियो । उनका अनुसार बिनको नारायणी अस्पतालमा मृत्यु भएको हो ।

नगरपालिकामा भएको विवाद नियन्त्रण गर्न प्रहरीले दर्जनौँ हवाइफायर तथा अश्रुग्याँस प्रहार गरेको स्थानीयबासीले जनाएका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ