arrow

विश्वकै सानो दुर्लभ कलेजोको क्यान्सरको उपचार केएमसीमा, चिरफार बिना उपचार

logo
हाम्रा कुरा
प्रकाशित २०८० मंसिर २२ शुक्रबार
liver-cancer-treatment-kmc.jpg

काठमाडौँ । एमआरआई र सिटी स्क्यानको फ्युजनबाट काठमाडौँ मेडिकल कलेज केएमसीमा विश्वमै दुर्लभ क्यान्सरको बिना चिरफार सफल उपचार गरिएको छ ।

काठमाडौँ कपन बस्ने ४९ वर्षीय दावा शेर्पाको कलेजोमा रहेको एक सेन्टिमिटर भन्दा सानो क्यान्सर नष्ट गरिएको हो । केएमसीले बिरामी शेर्पाको रेडियो फ्रिक्वेन्सी एब्लेसन प्रविधिबाट सफलतापूर्वक विश्वकै सानो दुर्लभ क्यान्सरको उपचार गरेको हो ।

एक सेन्टिमेटर भन्दा सानो क्यान्सर पत्ता लगाएर बिना चिरफार सफलतापूर्वक नष्ट गरिएको यो केस विश्वकै दुर्लभ रहेको उपचारमा संलग्न केएमसीका इन्टरभेसन रेडियोलोजी विशेषज्ञ डा. पंकज काफ्लेले दाबी गरे । 

‘रगतको जाँच गर्दा क्यान्सर होकि भन्ने शंका लाग्यो, त्यसपछि एमआरआई गरेर हेर्दा कलेजोमा १० मिलिमिटर भन्दा पनि सानो क्यान्सर देखियो’, डा काफ्लेले भने । 

उनले अत्यधिक मादकपदार्थ सेवनले कलेजो पनि बिग्रएकोले रेडियो फ्रिक्वेन्सी एब्लेसन प्रविधिद्वारा क्यान्सर नष्ट गरिएको बताए । 

बिरामीलाई हेपाटाइटिस पोजेटिभसमेत भएकाले उपचार गर्नसमेत जोखिम देखिए पनि केएमसीका कलेजो रोग विशेषज्ञ डा. शेखर पौडेल र डा. काफ्ले मिलेर क्यान्सर नस्ट गरेका हुन् । 

विश्वमै दुर्लभ यो केस नेपालका लागि पहिलो दुर्लभ केस रहेको जिकीर गरे । ‘१० मिलिमिटर भन्दा साना क्यान्सरको उपचार विश्वमै दुर्लभ मानिन्छ । नेपालको सन्दर्भमा त यो पहिलो दुर्लभ केस हो’ डा. काफ्लेले भने ।

अहिले बिरामीको अवस्था राम्रो रहेको छ । रेडियो फ्रिक्वेन्सी एब्लेसन प्रविधिबाट बिना चिरफार क्यान्सर नष्ट गरिएकाले बिरामी आज भोलि नै डिस्चार्ज भएर घर जान सक्छन् । यस प्रविधिबाट उपचार गर्दा बिना चिरफार, कडा औषधी, रेडियोथेरापी प्रयोग नगरिकन सहजरुपमा एकैछिनमा ट्युमरलाई नष्ट गर्न सकिन्छ ।

रेडियो फ्रिक्वेन्सी एब्लेसन राजधानीका केही अस्पतालहरुमा रहे पनि अन्यत्रभन्दा केएमसीमा कम शुल्क लिएर उपचार गर्ने गरिएको केएमसीका प्रबन्ध निर्देशक नारायण दाहालले जानकारी दिए ।

 ‘हामीले सरकारी अस्पतालहरुमा भन्दा सर्वसुलभ शुल्कमा यो प्रविधिमा क्यान्सरलगायत अन्य घातक रोगहरूको उपचार गरिरहेका छौँ’ दाहालले भने ।

केएमसीले पछिल्लो समय भित्र्याएका नविनतम उपचार प्रविधिहरुले गजिट प्रकारका रोगका बिरामीहरु लाभान्वित भइरहेका छन् । 

प्रतिनिधि सभा सांसद एवं समाजसेवी डा. सुनीलकुमार शर्माले केएमसीको ब्यवस्थापन सम्हालेसँगै अस्पतालका सेवाहरुलाई अत्याधुनिकीकरण गरिएको छ । हाल केएमसीमा जुनसुकै प्रकारका क्यान्सरको उपचार गर्न शल्यक्रिया पद्धतिसँगै किमोथेरापी सेवाहरु उपलब्ध भएको दाहालले बताए । 

न्यूरो इन्टरभेन्सन प्रविधिबाट पक्षघात, मस्तिस्कघात भएका, नसा च्यापिएका तथा हाडजोर्नीका गम्भीर रोगहरूको सफल उपचार भइरहेको पनि उनले बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ