arrow

सांसद शर्मा केएमसीको टोलीसहित ओशो तपोवनमा 

logo
हाम्रा कुरा
प्रकाशित २०८१ वैशाख १ शनिबार
kmc-81-01-01.jpg

काठमाडौँ । नेपाली कांग्रेसका सांसद डा. सुनीलकुमार शर्मासहित काठमाडौँ मेडिकल कलेज पब्लिक लिमिटेड (केएमसी) को स्वास्थ्य टोलीले ओशो तपोवनमा निःशुल्क स्वास्थ्य शिविर आयोजना गरेको छ । 

तारकेश्वर नगरपालिका वडा नम्बर ३ र ५ मा ओशो तपोवनको आयोजनामा सञ्चालित ओशो महोत्सवमा केएमसीले निःशुल्क स्वास्थ्य सेवा दिएको हो । 

ओशोको वार्षिकोत्सवको अवसरमा ओशो तपोवनको प्राङ्गणमा भएको शिविरमा ४५३ बिरामीले उपचार गराएको केएमसीका महाप्रबन्धक नारायणप्रसाद दाहालले जानकारी दिए । 

जसमा सात जनाको चिकित्सकीय टोलीले जनरल स्वास्थ्य जाँच गरी निःशुल्क औषधि वितरण गरेको थियो । 
 



नयाँ