arrow

सांसद शर्माको केएमसीको टोली पेप्सीकोलामा, साढे नौ सय बिरामीको निःशुल्क उपचार

logo
हाम्रा कुरा
प्रकाशित २०८१ वैशाख ६ बिहिबार
kmc-81-01-05.jpg

काठमाडौँ । नेपाली कांग्रेसका सांसद डा. सुनीलकुमार शर्माको काठमाडौँ मेडिकल कलेज पब्लिक लिमिटेड (केएमसी) को स्वास्थ्य टोलीले राजधानीको पेप्सीकोलामा निःशुल्क स्वास्थ्य शिविर आयोजना गरेको छ । 

हिमालय टोल सुधार समिति पेप्सीकोलाको आयोजनामा नेक्सस स्कुलमा भएको निःशुल्क स्वास्थ्य शिविरमा ९६५ बिरामीको निःशुल्क उपचार गरिएको केएमसीका महाप्रबन्धक नारायणप्रसाद दाहालले जानकारी दिए । 

बिरामीमध्ये ४२ जनाको ईसीजी, १०९ जनाको ल्याब परीक्षण र ९८ जनाको भिडियो एक्सरे गरिएको थियो ।

त्यस्तै ३५ जनाको दाँत खोलिएको थियो भने २७ बिरामीलाई शल्यक्रियाका लागि रेफर गरिएको छ । 

डा. शर्माले सम्हालेपछि केएमसीले सामाजिक उत्तरदायित्व अन्तर्गत देशका विभिन्न भागमा पुगेर निरन्तर निःशुल्क स्वास्थ्य शिविर गर्दै आएको छ । 



लोकप्रिय समाचार
नयाँ