arrow

विमानस्थलबाट १४ किलोग्राम सुनसहित दुई जना पक्राउ

logo
हाम्रा कुरा
प्रकाशित २०८० मंसिर २२ शुक्रबार
gold-gold.jpg

काठमाडौँ । त्रिभुवन विमानस्थल, भन्सार कार्यालयले विमानस्थलबाट १४ किलोग्राम सुनसहित दुईजनालाई पक्राउ गरेको छ ।

 कार्यालयको टोलीले गए राति फ्लाइ दुबईको उडान नं एफजेड-५७३ बाट आएका गोरखाका मीनबहादुर घले र अर्का एक जनालाई पक्राउ गरेको हो ।

कार्यालयका भन्सार अधिकृत रमेश कुँवरले घलेले छातीको दायाँबायाँ कपडामा बेरेर लुकाइछिपाई ल्याएको सात थान बिस्कुट आकारको १४ किलोग्राम सुनसहित (सुनजस्तो देखिने पहेलो धातु) पक्राउ गरिएको जानकारी दिए ।

काठमाडौँ उपत्यका प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक दिनेशराज मैनालीले घलेका सूचनाका आधारमा थप एक जनालाई पक्राउ गरिएको बताए । 

पक्राउ परेका घलेलाई निकासी पैठारी नियन्त्रण ऐन, २०१३ र भन्सार ऐन, २०६४ अन्तर्गत भन्सार महसुल छली तथा चोरी पैठारी कसुर गरेकाले थप अनुसन्धानका लागि कार्यालय खुलेसँगै त्रिभुवन विमानस्थल कार्यालय गौचरनमा बुझाउने गरी प्रहरी प्रभाग कोटेश्वरको जिम्मा लगाएको छ । 

घटनाका बारेमा थप अनुसन्धान भइरहेको प्रवक्ता मैनालीले बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ