arrow

कुनै कर तिर्नुपर्ने भएमा नेपालको कानून अनुसार यसको पालना गर्छौँ : एनसेल

logo
हाम्रा कुरा
प्रकाशित २०८० मंसिर २१ बिहिबार
ncell--telecom-company-logo.jpg

काठमाडौँ। एनसेलको ८० प्रतिशत स्वामित्व नेपाली मूलका लगानीकर्ताले लिने सम्झौता भएसँगै आम नेपाली उपभोक्तालाई आधुनिक र उच्च गुणस्तरको सेवा प्रदान गर्दै नेपाल सरकारले अङ्गीकार गरेको डिजिटल नेपाल भिजनका लक्ष्यहरू हासिल गर्न सरकारलाई योगदान पुर्‍याउन प्रतिबद्ध रहेको जनाएको छ।

एनसेलको शेयरहोल्डिङ्का बारेमा थप प्रकाश पार्न केही मुख्य तथ्यहरू प्रस्तुत गरेको छ।

स्पेक्ट्रलाइट यूके लिमिटेडका नेपाली मूलका शेयर धनी सतिश लाल आचार्यले भने, "आजियाटाले रेनोल्ड्स होल्डिङ्स (सेन्ट किट्समा रहको कम्पनी) मा रहेको आफ्नो शेयर बिक्रीको लागि प्रतिस्पर्धात्मक प्रक्रिया अपनाएको थियो र स्पेक्ट्रलाइट थुप्रै प्रतिस्पर्धीहरू मध्येबाट पहिलो भई छानिएको हो। शेयर कारोबारको मूल्य र संरचना इच्छुक क्रेता र विक्रेता मार्फत निर्धारण गरिएको हो। सहमति भएको सम्झौता ढाँचा अनुसार, आजियाटाले बेस पेमेन्ट बाहेक पाँच वर्ष अर्थात् सन् २०२९ सम्म थप लाभहरू नाफा बाँडफाँडको रूपमा प्राप्त गर्नेछ। यस शेयर कारोबारको इन्टरप्राइज भ्यालु लगभग ४० करोड अमेरिकी डलर रहेको छ। जुन कम्पनीको कार्यसम्पादनको आधारमा विक्रेता कम्पनीले निश्चित समयावधिभित्र प्राप्त गर्नेछ। यस बाहेक, यो परिवर्तनकारी सम्झौताले एनसेललाई नेपाली मूलको बृहत्तर स्वामित्व सहित कम्पनी र व्यवस्थापनतर्फ एनसेलको विकासलाई डोर्‍याउने छ।"

आजियाटाले पारदर्शिता सुनिश्चित गर्दै आफ्नो प्रेस विज्ञप्तिहरूमा कारोबारको विस्तृत विवरण प्रदान गरेको छ।

एनसेलले हालसम्मको सबै कर दायित्वहरू सम्पूर्ण रूपमा पालना गरेको छ र यसको प्रमाणीकरण कर कार्यालयबाट भएको जनाएको छ। साथै यो कारोबारलाई लिएर कुनै कर तिर्नुपर्ने भएमा नेपालको कानुन अनुसार यसको पालना गर्ने प्रतिबद्धता समेत गरेको छ।

यस प्रक्रियामा एनसेल कर कानुनको पालना गर्न प्रतिबद्ध रहेको छ र आफ्ना सम्पूर्ण सरोकारवालाहरूलाई एनसेल एक जिम्मेवार वित्तीय अभ्यास पालना गर्ने कम्पनी भएको जनाएको छ। साथै, आवश्यक सहमतिहरूका लागि नेपाल दूरसञ्चार प्राधिकरणसँग छलफल गरिरहेको विज्ञप्तिमा भनिएको छ।

एनसेलमा केही परिवर्तनहरू भइरहेको बेला हाम्रा ग्राहकलाई प्रदान गरिने सेवाको गुणस्तरमा कुनै किसिमको बाधा अवरोध नपर्ने सुनिश्चित गराउँदै  एक जिम्मेवार कम्पनीको रूपमा आफ्ना सबै ग्राहकलाई उच्च गुणस्तरको सेवा प्रदान गर्न हामी प्रतिबद्ध जनाएको छ।

त्यस्तै, लाखौँ नेपालीहरूको जीवनलाई समृद्ध बनाउने उद्देश्य अनुरूप परिष्कृत डिजिटल सेवाहरूमार्फत दृढ इच्छा र क्षमताका साथ अझ सशक्त रूपमा अघि बढ्न एनसेल तयार छ।

मोबाइल कनेक्टिभिटी सेवामा मात्र सीमित नभई विभिन्न सेवाहरू प्रदान गर्न हामी हाम्रो नेटवर्कको पूर्वाधार विकासलाई निरन्तरता दिने छौँ र यससँगै देशमा प्रविधिले ल्याउने महत्त्वपूर्ण अवसरहरूको पनि सिर्जना हुनेछ। एनसेलको यस नयाँ यात्राको सुरुवात एक परिवर्तन मात्र नभई यसले डिजिटल नेपाल निर्माणको अवधारणालाई सक्रिय रूपमा योगदान पुर्‍याउने एनसेलले विश्वास लिएको छ।

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ