arrow

एनसेललाई राष्ट्रियकरण गर्न माग, मुख्यालयमा विरोध [भिडियो]

logo
हाम्रा कुरा
प्रकाशित २०८० मंसिर १९ मंगलबार
ncell-birodh-hq.jpg

काठमाडौँ ।  एनसेललाई राष्ट्रियकरण गर्न माग गर्दै नेकपा एमालेको भ्रातृ सङ्गठन अनेरास्ववियुले एनसेलको मुख्यालयमा विरोध प्रदर्शन गरेको छ ।

एनसेलको शेयर खरिदबिक्रीमा चलखेल भएको भन्दै मंगलवार अनेरास्ववियुले राष्ट्रियकरण गर्न माग गर्दै मुख्यालयमा विरोध प्रदर्शन गरेको हो ।

एनसेलको ८० प्रतिशत शेयर नेपाल बाहिरै बिक्री भएपछि विभिन्न टीकाटिप्पणी भइरहेको छ ।

प्रदर्शनमा सहभागीहरूले एनसेलको आयव्यय सार्वजनिक गर, एनसेललाई राष्ट्रियकरण गर, विवादास्पद एनसेल शेयर बिक्रीको छानबिन गर, नो ट्याक्स, नो सिम जस्ता प्लेकार्ड बोकेर विरोध प्रदर्शन गरिएको थियो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ