arrow

एनसेलको आजियटाको शेयर सतिशलाल आचार्यको बेलायती कम्पनीले किन्यो 

logo
हाम्रा कुरा
प्रकाशित २०८० मंसिर १५ शुक्रबार
ncell-logo-2079.jpg

काठमाडौँ । एनसेलको ८० प्रतिशत शेयर सतिशलाल आचार्यको बेलायतमा रहेको कम्पनी स्पेक्ट्रलाइट युकेले किनेको छ । आजियटा समूहले नेपालको एनसेलमा रहेको आफ्नो ८० प्रतिशत शेयर बिक्री गरेर बाहिरिने निर्णय यसअघि नै गरेअनुसार स्पेक्ट्रलाइटले किनेको जारी विज्ञप्तिमा जनाइएको छ । आचार्य सिंगापुरमा व्यापार व्यवसाय गर्ने नेपाली नागरिक हुन् । 

आचार्यले कम्पनीको शेयर खरिदपछिको संक्षिप्त प्रतिक्रियामा भनेका छन्, ‘म यो सम्झौताबाट खुशी छु । दुरसञ्चार उद्योगमा रहेको मेरो अनुभवलाई लिएर एनसेलको व्यवस्थापनसँग नयाँ आविस्कार, लगानी र नेपाल जनतालाई सेवा उपलब्ध गराउने कार्यमा रहनेछु ।’

त्यसैगरी एनसेलका सीईओ जाबोर क्युमोभले भनेका छन्, ‘नयाँ सेयरधनीहरुसँग सहकार्य गर्न पाउँदा हामीलाई खुसी लागेको छ । एसनेलको डिजिटल अग्रणी सेवा र इन्टरनेट पहुँच प्लेटफर्मको रुपमा कायम राख्नु हाम्रो उद्देश्य हुनेछ ।’

आजियाटा ग्रुप बहार्डले बुधबार आफ्नो शेयर बिक्रीमा राखेको घोषणा गरेको थियो । आजियाटा बाहिरिने भएपछि उसको सेयर आचार्यको कम्पनीले किनेको हो । आजियाटाले नेपालको परिप्रेक्ष्य चुनौतीपूर्ण देखिएको भनेर बोर्डले बाहिरिने निर्णय गरेको भनेको थियो ।

दूरसञ्चार ऐन, २०५३ बमोजिम विदेशी कम्पनी भएका कारण लाइसेन्स अवधि २५ वर्षपुगेपछि अर्थात् करिब ६ वर्षपछि एनसेलको स्वामित्व स्वतः सरकारलाई आउने थियो ।

तर नेपाली कम्पनीले एनसेलको सेयर स्वामित्व पाएसँगै लाइसेन्स नवीकरण गरेर त्यसपछि पनि सञ्चालन जारी राख्न सक्नेछ ।

आजियाटाले पहिले नै बिक्रीका लागि डिल फाइनल गरी एनसेलबाट बाहिरिने घोषणा गरेको हुनसक्ने आकलन गरिएको थियो । सन् २००४ मा स्पाइस नेपालका रुपमा स्थापना भएको कम्पनीले सन् २००५ मा मेरो मोबाइलमार्फत् दूरसञ्चार सेवा शुरु गरेको थियो ।

त्यसपछि सन् २००८ मा स्वीडिश दूरसञ्चार कम्पनी टेलिया सोनेराले कम्पनीको शेयर किन्न इच्छा देखाएको थियो । खरिद गरेपछि सन् २०१० को मार्च १२ मा स्पाइस नेपालको नाम फेरिएर एनसेल राखिएको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ