arrow

आयो राष्ट्रिय सभा निर्वाचनको कार्यतालिका

logo
हाम्रा कुरा
प्रकाशित २०८० मंसिर १५ शुक्रबार
Parliament_building.png
तस्बिर – फाइल ।

काठमाडौँ । आगामी माघ ११ गते हुन गइरहेको राष्ट्रिय सभा निर्वाचनको कार्यतालिका सार्वजनिक भएको छ । 

निर्वाचन आयोगले आज सार्वजनिक गरेको कार्यतालिका अनुसार मंसिर २९ गतेसम्म राजनीतिक दलले दल दर्ता गराइसक्नु पर्नेछ । 

२०८० माघ ११ गते राष्ट्रिय सभा सदस्यको निर्वाचन हुने गरी नेपाल सरकारबाट मिति २०८० माघ १३ मा निर्वाचनको मिति घोषणा भए पश्चात् निर्वाचन सम्पन्न गर्ने प्रयोजनका लागि आयोग तयारीमा लागेको जनाएको छ । सो तयारी स्वरुप आयोगबाट २०८० माघ १४ मा निर्वाचन कार्यतालिका स्वीकृत भएको जनाएको हो ।

‘स्वीकृत कार्यतालिका अनुसार यही मंसिर २२ गते निर्वाचनमा भाग लिने राजनीतिक दल दर्ताका लागि सूचना प्रकाशन भई मंसिर २४ गतेदेखि २९ गतेसम्म राजनीतिक दल दर्ता हुने कार्यक्रम रहेको छ,’ आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘राजनीतिक दल दर्ता भए पश्चात पुष १ गते राजनीतिक दललाई निर्वाचन चिन्ह प्रदान गरी पुस ४ गते स्वीकृत दलको नामावली नेपाल राजपत्रमा प्रकाशनार्थ पठाइने छ ।’ 
 
स्वीकृत कार्यतालिका अनुसार २०८० पुस १६ गते निर्वाचन अधिकृतको नियुक्ति र सोही दिन सात वटै प्रदेश निर्वाचन कार्यालयमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गर्ने कार्यक्रम रहेको आयोगले जनाएको छ । 

साथै पुस २० गतेदेखि २९ गतेसम्म निर्वाचन अधिकृतको कार्यालयमा निर्वाचन कार्यक्रम सञ्चालन हुनेछ। 

आयोगका अनुसार २०८० माघ ११ गते बिहान ९ः०० बजेदेखि दिउँसो ३ः०० बजेसम्म मतदानको कार्य सञ्चालन हुनेछ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ