इन्डोनेसिया जान स्टिकर भिषा अनिवार्य, अनएराइभलका लागि पहल भइराखेको चन्द्र ढकालको भनाइ
हाम्रा कुरा
प्रकाशित २०८० मंसिर १४ बिहिबार
681
Shares
तस्बिर – इन्डोनेसियाका राजदूतसँग चन्द्र ढकाल, फाइल ।
काठमाडौँ । नेपाल हेर्ने इन्डोनेसियाको ढाकास्थित दूतावासले नेपालबाट इन्डोनेसिया प्रवेश गर्दा स्टिकर भिषा अनिवार्य गरेको छ । इन्डोनेसिया तथा नेपालका विभिन्न एजेन्सी मार्फत ई–भिषा प्रोसेस गर्दा चुनौती देखिएको भन्दै नयाँ व्यवस्था गरिएको दूतावासले बताएको छ ।
दूतावासले एक सर्कुलर जारी गर्दै भिषा सम्बन्धी सम्पूर्ण कार्य इन्डोनेसियाको काठमाडौँस्थित अवैतनिक वाणिज्य दूतको कार्यालयमार्फत गर्न सुझाव दिएको छ ।
ई–भिषा आवेदन प्रक्रियामा आएका त्रुटीहरूको मूल्यांकन गर्दै दूतावासले अब उपरान्त नेपालबाट इन्डोनेसिया प्रस्थान गर्दा ई–भिषाको लागि आवेदन नगर्नसमेत आग्रह गरेको छ ।
नेपालका लागि इन्डोनेसियाका अवैतनिक वाणिज्य दूत चन्द्रप्रसाद ढकालले नेपालबाट इन्डोनेसिया जाँदा भिषा अनएराइभलका लागि पहल भइराखेको जनाउँदै नेपाली नागरिकहरूको सहजताका लागि दुतावास तथा इन्डोनेसियाली सरकारले विद्यमान प्रक्रियालाई थप सहजीकरण गर्न नयाँ व्यवस्था लागू भएको जानकारी गराए ।