arrow

फेवातालको बारेमा ज्ञान नै नभइकन अपव्याख्या गरियो : संयोजक बराल

logo
हाम्रा कुरा
प्रकाशित २०८० मंसिर १३ बुधबार
Nabin Baral.jpg

पोखरा । फेवाताल मापदण्ड सरोकार समितिका संयोजक नवीनराज बरालले सर्बोच्च अदालतले दिएको आदेश कार्यान्वयन भए पोखराको सबैभन्दा महत्वपूर्ण पर्यटन उद्योग र पर्यटन बजार विस्थापित हुने बताएका छन् ।

एक कुराकानीमा संयोजक बरालले फेवातालको मापदण्ड प्रस्ताव गर्दा कुनै पनि समितिले स्थानीयको पिर मर्का समेट्ने काम नगरेको दुःखेसो पनि पोखे ।

मपदण्डका विषयमा फरकफरक प्रस्ताव गरिएको भन्दै उनले मापदण्ड यति नै हो भनेर राजपत्रमा प्रकाशित नभएको र सरकारको मन्त्रीपरिषद्ले पनि निर्णय नगरेको दावी गरे ।

फेवातालको मापदण्डका विषयमा कुनै ठोस आधार र गुरुयोजना नभइकन हल्ला मात्रै गर्ने गरिएकोले यसबाट अन्योलता बढ्दै गएको उनले बताए ।

फेवातालको बारेमा ज्ञान नै नभइकन अपव्याख्या गरिँदा धेरै रैथाने र जलारी समुदायलाई समस्या पार्ने गरेको उनले स्पष्ट पारे ।

यस विषयमा स्थानीय, प्रदेश र संघीय सरकारका साथै सरोकारवाला निकै सम्वेदनशिल हुन आवश्यक रहेको संयोजक बरालले बताए ।

फेवाताल कसैले एक इन्च पनि मिच्छ भने त्यसलाई कार्वाही गर्नुपर्ने उनको जोड छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ