arrow

एसपीमा सात पद खाली, केही दिनमै बढुवा, यी हुन् प्रतिस्पर्धी

logo
हाम्रा कुरा
प्रकाशित २०८० मंसिर १३ बुधबार
police-head-Q.jpeg
तस्बिर – फाइल ।

काठमाडौँ । प्रहरी प्रधान कार्यालयले प्रहरी उपरीक्षक (एसपी) मा बढुवा तयारी गरेको छ । प्रहरी महानिरीक्षक बसन्त कुँवर मुलुक बाहिर रहेकाले उनी स्वदेश आएपछि बढुवा गर्ने गरी तयारी गरेको हो । 

प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) बढुवा भएर पदस्थापनसमेत भइसकेपछि अब प्रहरी नायव उपरीक्षक (डीएसपी) बाट एसपी बढुवाको बाटो खुलेको हो । डीएसपीबाट एसपी बढुवाको लागि बाटो खुले पनि एक सातापछि मात्रै सिफारिस हुने संभावना रहेको प्रहरी प्रधान कार्यालय स्रोतले जनाएको छ । 

प्रहरी महानिरीक्षक बसन्त कुँवर इन्टरपोलको महासभामा भाग लिन गएका कारण केही दिन ढिला हुुने संभावना रहेको हो । बढुवाका लागि २०७२ भदौमा प्रहरी निरीक्षक (इन्सपेक्टर) बाट डीएसपीमा बढुवा भएकाहरु अहिले एसपी बढुवाको प्रतिस्पर्धामा छन् । 

बढुवा समितिले आईजीपी आएपछि गृह मन्त्रालयको सहमतिमा डीएसपीबाट एसपी बढुवाको सिफारिस गर्नेछ । यसअघि २ एसपीको पद रिक्त थियो । तर केही दिनअघिमात्रै ५ जना एसपीलाई एसएसपीमा बढुवा गरेसँगै अहिले एसपीका ७ पद रिक्त भएका छन् । रिक्त रहेको ७ एसपीको पदमा बढुवा हुने डीएसपीहरु प्रतिस्पर्धामा रहेका छन् । 

जसअनुसार अघिल्लो बढुवामा छुटेका र यसपटक बढुवाको पहिलो नम्बरमा प्रदीपकुमार क्षेत्री छन् । त्यसैगरी दोस्रो नम्बरमा ढकेन्द्र खतिवडा छन् । त्यसैगरी क्रमशः निरन्जनदत्त भट्ट, सन्तोष तामाङ, ठाकुरप्रसाद पोखरेल, अनिलकुमार खड्का, सुमित खड्का र कुलदिप चन्द रहेका छन् । 

यी सबै आठ जना २०६१ सालमा निरीक्षकबाट प्रवेश गरी २०७२ साल भदौमा डीएसपीमा बढुवा भएकाहरु हुन् । अहिले प्रतिस्पर्धामा ३७ जना छन् । जसमा यी आठसँगै त्यसैगरी आन्तरिकबाट बढुवा हुँदै २०७२ सालमै डीएसपी भएकाहरु बाँकी २९ जना छन् । 

आन्तरिकमा बढुवा भएकाहरु छिट्टै अवकाशमा जाने हुन्छन् भने २०६१ वालाहरु एसपीभन्दा माथि जाने लाइनका हुन् । 

एसपीमा सम्भावना भएकाहरुमा नारायण रन्जितकार, राजन लिम्बू, एकनारायण कोइराला, अनन्तराम शर्मा, विनोद घिमिरेलगायत रहेको स्रोत बताउँछ । 

३७ मध्ये कतिले सीमित कारबाही भोगेका छन् भने कोही घोटालामा पनि परेका छन् । 

यस्तो छ उम्मेदवाहरुको लिष्ट–

 

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ