arrow

एनसेलद्वारा लघु चलचित्र प्रतियोगिता २०२३ का विजेताहरूलाई सम्मान

logo
हाम्रा कुरा
प्रकाशित २०८० मंसिर १३ बुधबार
ncell-short-film-competition-2023-award-winners.jpg

काठमाडौँ। एनसेल आजियाटा लिमिटेडले तिहार अघि भाइटिकालाई लक्षित गरी आयोजना गरेको एनसेल लघु चलचित्र प्रतियोगिताको विजेताहरूलाई सम्मान गरेको छ। मङ्गलवार एनसेल आइकन लैनचौरमा आयोजित विशेष समारोहमा भाइटिका थिममा आयोजित यस प्रतियोगिताका विजेताहरूलाई पुरस्कार प्रदान गरिएको छ।

यस प्रतियोगितामा १८ वर्षीय सजिल बस्नेत र उनको समूहले निर्माण गरेको लघु चलचित्रले प्रथम बन्दै १ लाख नगद पुरस्कार जित्न सफल भएको छ। सन्तोष शाक्य र उनको समूहले फस्ट रनरअपका रूपमा विजयी बनेर ७५ हजार नगद पुरस्कार जितेको छ भने १६ वर्षीय प्रयत्न थापा र उनको समूहले सेकेन्ड रनर अप बनेर ५० हजार नगद पुरस्कार जित्न सफल भएको छ। प्रतियोगितामा सहभागिता जनाएका लघु चलचित्रहरूमा प्रतियोगीहरूले आ–आफ्नै भिन्न शैलीमा कथाहरू पस्किएका थिए।

प्रतियोगितामा मनोज भेले र अवेनिस थापालाई स्पेशल मेन्सन पुरस्कार प्रदान गरिएको थियो र प्रकाश नगरी र उनको समूहलाई शीर्ष ५ लघु चलचित्रमा पर्न सफल भएकोमा पुरस्कार प्रदान गरिएको थियो। एनसेल लघु चलचित्र प्रतियोगिताले सृजनशील फिल्म निर्माताहरूलाई उनीहरूका काम र प्रतिभालाई आम दर्शक सामु पुर्‍याउने अवसर प्रदान गर्दछ।

पुरस्कार वितरण समारोहलाई सम्बोधन गर्दै एनसेलका प्रमुख कार्यकारी अधिकृत तथा प्रबन्ध निर्देशक जाब्बोर कायुमोभले आफ्नो उत्साह प्रकट गर्दै भने, “विजयीहरूलाई धेरै धेरै बधाई। दिदी र भाइको विशेष सम्बन्धलाई ‘हामी तपाईँकै लागि’ थिम अन्तर्गत प्रस्तुत गर्दै यस प्रतियोगितामा सहभागिता जनाउने हरेक व्यक्ति तथा समूहहरूलाई धन्यवाद दिन चाहन्छु। यो प्रतियोगितामा विजयी भएका प्रत्येक सहभागीले आफ्नो नयाँ पहिचानका साथ राम्रो काम गर्न सक्नुहुन्छ। स्टोरीटेलिङ् एउटा महत्त्वपूर्ण सीप हो र यसले हाम्रा समाजका सामाजिक, वातावरणीय र सांस्कृतिक मुद्दाहरूलाई उजागर गर्दै मानिसको मन र विचार बदल्न सक्दछ।”

यसै गरी, एनसेलका चिफ कमर्सियल अफिसर उमेर मोहसिनले भने, “एक ब्रान्डको रूपमा स्थानीय प्रतिभाहरूलाई समर्थन गर्नु हाम्रो जिम्मेवारी हो। यसै अन्तर्गत हामी एक सानो भूमिका खेलिरहेका छौँ तर भविष्यका लागि स्थानीय उदीयमान सर्जकहरूलाई अझ ठूलो र राम्रो गर्न सक्षम बनाउन प्लेटफर्म प्रदान गर्न पाउँदा खुसी छौँ।”

स्थानीय कन्टेन्ट अर्थात् सामाग्री र प्रतिभाको विकासमा सहयोग पुर्‍याउने हेतुले आयोजना गरिएको यो प्रतियोगिता आकर्षक कथा र प्रस्तुतिमार्फत दर्शकको मन जित्ने खालको चलचित्र बनाउन सक्ने सबै इच्छुक व्यक्ति वा समूहलाई लक्षित रहेको थियो। “हामी जस्ता युवालाई आफ्नो प्रतिभा देखाउने अवसर प्रदान गरिदिनु भएकोमा एनसेललाई धेरै धन्यवाद। यस लघु चलचित्र प्रतियोगितामा विजयी हुन पाएकोमा हामी धेरै खुसी छौँ। जुनसुकै  पृष्ठभूमिबाट आएका र चलचित्र निर्माणका क्षेत्रमा चाख राख्ने हामी जस्ता मानिसहरूलाई यस किसिमको अवसरले आफ्नो प्रतिभा देखाउन र चिनाउन ठूलो प्रोत्साहन दिन्छ।”

यस लघु चलचित्र प्रतियोगिताका निर्णायक मण्डलका सदस्यहरू निर्देशक, निर्माता तथा अभिनेता आशिफ शाह र मल्टिमिडिया स्टोरी टेलर तथा द रेकर्ड नेपालकी सहाना बज्राचार्य पनि पुरस्कार वितरण समारोहमा उपस्थित थिए। विजयीहरूको घोषणा भाइटिकाको दिन गरिएको थियो र उत्कृष्ट लघु चलचित्रहरू सोही दिन एनसेलको सोसल मिडिया प्लेटफर्ममार्फत सार्वजनिक गरिएको थियो। आफ्नो उत्साह व्यक्त गर्दै निर्णायक मण्डलका सदस्यहरूले यस प्रतियोगितामा देखिएको उल्लेखनीय सहभागिताले हाम्रो देशमा थुप्रै प्रतिभाहरू रहको स्पष्ट पारेको जनाए।

यस प्रतियोगितामा सहभागी हुन प्रतियोगीहरूले  दिँदी भाइहरूको हृदयस्पर्शी सम्बन्धलाई ३ देखी ५ मिनेटको चलचित्रमा सुन्दर डङ्गमा प्रस्तुत गरेको हुनु पर्ने सर्त रहेको थियो। साथै ‘हामी तपाईँकै लागि’ विषयवस्तु वरिपरि कथामा एनसेलको सर्प्राइज योजना, रिचार्ज, डेटा वा भ्वाइस प्याक प्रयोगका बारेमा एक वा बढी तत्त्वहरू समावेश गन्नुपर्ने सर्तहरू थिए।

एनसेलको बारेमा 
एनसेल आजियाटा लिमिटेड नेपालको पहिलो निजी मोबाइल सेवा प्रदायक कम्पनी हो। सन् २००४ मा स्थापना भई सन् २००५ देखि यस कम्पनीले उच्च गुणस्तरीय आधुनिक सेवा प्रदान गर्दै प्रत्येक नेपालीलाई आफ्नो नेटवर्कमार्फत जोड्न, आफ्ना ग्राहक र साझेदारहरूलाई लाभ प्रदान गर्न अनवरत रूपमा काम गर्दै आएको छ।

सरकारले अङ्गीकार गरेको डिजिटल नेपालको अवधारणासँगै देशको अर्थतन्त्र र पूर्वाधार विकासमा योगदान पुर्‍याउँदै एनसेलले आधुनिक मोबाइल नेटवर्क स्थापना गरी देशभरका नागरिकलाई सञ्चार सेवा प्रदान गरिरहेको छ। उच्च गतिको मोबाइल ब्रोडब्यान्डको राष्ट्रिय आवश्यकतालाई परिपूर्ति गर्न एनसेलले आफ्नो बृहत् फोरजी नेटवर्कमार्फत सेवा प्रदान गरिरहेको छ। यसले नयाँ अवसर सिर्जना गर्दै देशलाई उज्यालो डिजिटल भविष्यतर्फ डोर्‍याइरहेको छ।

एनसेल नेपालको सबैभन्दा धेरै कर तिर्ने कम्पनीमध्ये एक हो। स्थापनादेखि गत आर्थिक वर्ष २०७८-७९ सम्म एनसेलले कर तथा अन्य शुल्क गरी विभिन्न शीर्षकमा २ खर्ब ८३ अर्ब रुपैयाँभन्दा बढी कर तिरेको छ। त्यसै गरी एनसेलले एक जिम्मेवार कर्पोरेट नागरिकका रूपमा व्यावसायिक सामाजिक जिम्मेवारी (सीएसआर)अन्तर्गत स्वास्थ्य, शिक्षा, वातावरणलगायतका विभिन्न क्षेत्रमा १ अर्ब ८० करोड रुपैयाँभन्दा बढी लगानी गरेको छ।

एनसेल, आजियाटा ग्रुप बर्सादअन्तर्गतको एक कम्पनीको हो। आजियाटाको साथमा एनसेल उत्कृष्ट नेटवर्क बनाउँदै र नेपालीलाई सञ्चार सेवाको पहुँचभित्र ल्याउँदै नेपालको अर्थतन्त्र र पूर्वाधार विकासमा योगदान पुर्‍याउन प्रतिबद्ध छ। एनसेल ३ अगस्ट २०२२ मा पब्लिक लिमिटेड कम्पनीमा परिणत भएको थियो। एनसेलले १ करोड ६० लाखभन्दा बढी ग्राहकलाई आफ्नो सेवा प्रदान गर्दै आएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ