arrow

कांग्रेस युवा नेता कोइरालाको हृदयाघातबाट निधन

logo
हाम्रा कुरा
प्रकाशित २०८० मंसिर १२ मंगलबार
lokendra koirala.jpg

पोखरा । नेपाली कांग्रेसका युवा नेता लोकेन्द्र कोइरालाको ४८ वर्षको उमेरमा निधन भएको छ ।

पोखरा-४ निवासी उनको पोखरास्थित फिस्टेल अस्पतालमा उपचारका क्रममा उनको निधन भएको हो ।

हृदयाघातका कारण आज बिहान करिब ८ः२० बजे उनको निधन भएको पोखरा महानगरपालिका वडा नं. ४ का निवर्तमान वडाध्यक्ष शंकर बास्तोलाले जानकारी दिए ।

बास्तोलाका अनुसार कोइराला सबैका प्रिय एवं मिलनसार व्यक्तित्व थिए ।

उनी परिवारका तीन दाजुभाइमध्ये माइला हुन् ।

उनको परिवारमा श्रीमती, एक छोरा, आमा, एक दाइ र एक भाइ छन् भने चार दिदीबहिनी छन् ।

उनको आजै अन्त्येष्टि गरिने तयारी भइरहेको बास्तोलाले जानकारी दिए ।

कोइरालाको निधनप्रति नेपाली कांग्रेस कास्कीले दुःख व्यक्त गर्दै कांग्रेसका लागि अपूरणीय क्षति पुगेको जनाएको छ ।

‘उहाँ अत्यन्तै मिलनसार पार्टीको एक पिलर हुनुहुन्थ्यो । एक होनाहार र सहदृदयी व्यक्तित्व गुमाउनु पर्दा निकै मर्माहत भएका छौं’, सभापति बरालले भने, ‘नेपाली कांग्रेसका लागि उहाँले दिनुभएको योगदान कदापि भुल्न सकिन्न ।’

यसैबीच नेपाली कांग्रेका युवा नेता एवं कास्की क्षेत्र नं. १ का सचिव सरोज केसीले कोइरालाको निधनप्रति दुःख व्यक्त गरेका छन् ।

कोइरालाले लोकतान्त्रिक आन्दोलनमा गरेको त्याग, समर्पण र भूमिका चिरस्मरणीय रहेको केसीले उल्लेख गरेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ