arrow

कांग्रेसको लेखा समितिमा चार जना मनोनित

logo
हाम्रा कुरा
प्रकाशित २०८० मंसिर ११ सोमबार
congress-nc-party-office-hq.jpg
तस्बिर – फाइल ।

काठमाडौ । नेपाली कांग्रेसको लेखा समितिमा चार जना थपिएका छन् । कांग्रेस सभापति शेरबहादुर देउवाले कांग्रेसको विधान, २०१७ (संशोधनसहित) को धारा ३९ तथा नेपाली कांग्रेसको नियमावली २०७६ को नियम ३४ (१) को व्यवस्था बमोजिमको कार्य गर्ने गरी नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिका सदस्य श्यामकुमार घिमिरेको संयोजकत्वमा गठित “केन्द्रीय लेखा समिति” को सदस्यमा चार जना मनोनित गरेका हुन् । 

पार्टीको विधानको धारा ३८ (१) तथा गत साउन २ को केन्द्रीय कार्यसमितिको निर्णय बमोजिम दिलिप ढुंगाना (धनुषा), डा. डेविड बस्याल (अर्घाखाँची), रमेश नेपाल (मकवानपुर) र अनन्त कार्की (सिन्धुली)लाई मनोनयन गरेको पार्टी मुख्यसचिव कृष्णप्रसाद पौडेलले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ