arrow

तेस्रो समूह हस्तान्तरण गर्दा पनि बन्धकमा रहेका विपिनलाई छाडेन हमासले 

logo
हाम्रा कुरा
प्रकाशित २०८० मंसिर ११ सोमबार
israel-palestine-conflict-g.jpg
तस्बिर – फाइल ।

काठमाडौँ । प्यालेस्टिनी इस्लामिक रेजिस्टेन्स मुभमेन्ट (हमास) ले आइतबार एक विज्ञप्ति जारी गर्दै इजरेली र विदेशी बन्धकको तेस्रो समूह रेडक्रसलाई हस्तान्तरण गरेको हमासको गाजास्थित अल–कासम ब्रिगेड्सले जनाएको छ । 

यस पहिले इजरेली डिफेन्स फोर्सेज (आईडीएफ) ले आफ्नो एक्स (ट्वीटर) अकाउन्टमार्फत दिएको जानकारीमा बन्धकको दोस्रो समूहका १७ जनालाई रेडक्रसको जिम्मा लगाएको पुष्टि गरेको थियो ।  

आइडीएफले लेखेको छ, “१३ जना इजरेली र चार जना थाईसहित १७ जना बन्धकहरू इजिप्ट हुँदै इजरेलतर्फ लागेका छन् । 

यस पहिले इजरेलले अस्थायी युद्धविरामको तेस्रो दिन आफ्ना देशका थप १३ बन्धकहरू रिहा हुने तयारी भइरहेको जनाएको थियो । 

आइतवार मुक्त गर्ने भनिएका बन्धकहरूको तेस्रो समूहको सूचीसमेत इजरेलले शनिबार राति नै प्राप्त गरेको जनाएको थियो ।

अस्थायी युद्धविरामको लागि मध्यस्थता गरेको कतारले तेस्रो समूहमा सात जना विदेशी नागरिकसमेत १३ जना रिहा हुने बताएको थियो ।

यसअघि दोस्रो चरणमा शनिबार ढिलो गरी हमास नियन्त्रणमा रहेका थप १३ जना इजरेली र चार जना थाई बन्धकहरू रिहा गरिएका थिए । इजरेलले समेत थप ३९ जना प्यालेस्टिनी बन्दी रिहा गरेको जनाएको छ । 

कतारले मध्यस्थता गरेको इजरायल–हमास बीचको चार दिने अस्थायी युद्धविराम र बन्दी साटफेर गर्ने सम्झौताअन्तर्गत हमासले छाड्ने इजरेली बन्धकहरूको तेबर सङ्ख्यामा इजरेलले प्यालेस्टिनी बन्दीहरू छाड्ने गरेको छ ।

युद्धविराम बिहानदेखि लागू भएपछि शुक्रबार १३ जना महिला र बालबालिका बन्धकहरूको पहिलो समूह इजिप्ट हुँदै इजरायलतर्फ फर्किएको थियो ।

छाडेन विपिन जोशीलाई
हमासले तेस्रो दिन पनि नेपालका विपिन जोशीलाई भने छाडेन । सरकारले विपिन हमासकै नियन्त्रणमा रहेको बताउँदै आएको छ । सरकारले मध्यस्थकर्ताको भूमिकामा रहेको कतारसँग विपिनलाई छुटाउन पहल गरिदिन आग्रह गरिरहेको छ ।

शुरुआतमा चार दिनमात्र युद्धविराम गरिने बताइएको थियो । तर यसलाई बढाउन सकिने मध्यस्थकर्ताको भूमिका खेलेको कतारले बताएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ