arrow

हट्यो काठमाडौँको बादल, पहाडी भेगमा आंशिक बदली

logo
हाम्रा कुरा
प्रकाशित २०८० मंसिर ९ शनिबार
weather-2022-evergreen.jpg
तस्बिर – फाइल ।

काठमाडौँ । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेकाले सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेशलगायत देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भागको मौसम सामान्यतया सफा रहनेछ ।
     
जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो सुदूरपश्चिम र कर्णाली प्रदेशलगायत देशका पहाडी भू–भागमा आंशिक बदली भई बाँकी भेगमा मौसम सफा रहनेछ । देशका उच्च पहाडी तथा हिमाली क्षेत्रका एक–दुई स्थानमा हिमपातको सम्भावना छ ।
     
आज राति कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भागमा आंशिक बदली हुनुका साथै देशका उच्च पहाडी तथा हिमाली क्षेत्रका एक–दुई स्थानमा हल्का हिउँ पर्ने विभागले जनाएको छ । 

आज काठमाडौँको न्यूनतम तापक्रम ९ दशमलव ७ र अधिकतम तापक्रम २३ दशमलव ४ डिग्री सेल्सियस रहने छ । बिहान केही घण्टा बादलले चिसो बनाएको काठमाडौँको बादल खुलेको छ । 

मुलुकका कुनै पनि भेगमा पछिल्लो २४ घण्टामा वर्षा नभएको महाशाखाले जनाएको छ । न्यूनतम तापक्रम जुम्लामा सबैभन्दा कम माइनस ०।६ डिग्री सेल्सियस रहेको छ भने अधिकतम तापक्रमविराटनगरमा २९।६ डिग्री सेल्सियस रहेको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ