arrow

सेनाको रथीमा सिग्देलको नाम सिफारिस, प्रधानसेनापतिको लाइनमा

logo
हाम्रा कुरा
प्रकाशित २०८० मंसिर ८ शुक्रबार
ashokraj-sigdel-uprathi.jpg

काठमाडौँ । नेपाली सेनाले रिक्त रथी पदमा उपरथी अशोकराज सिग्देलको नाम सिफारिस गर्दै प्रधानसेनापतिको लाइनमा राखेको छ । 

सैनिक मुख्यालयमा शुक्रबार बसेको सेनाको बढुवा समितिको बैठकले सिग्देललाई रथी पदमा बढुवा सिफारिस गर्ने निर्णय गर्दै भावी प्रधानसेनापतिको लाइनमा राखेको हो ।

सेनाले रथी सीताराम खड्काको अध्यक्षतामा बढुवा समिति गठन गरेको थियो । बलाधिकृतरथी सरोजप्रताप राणाले अवकाश पाएपछि उनको वरीयतामा अघि रहेका उपरथी ताराध्वज पाण्डेलाई सेनाको बोर्डले रथी बढुवाका लागि सिफारिस गरेको भए पनि उनको उमेर विवाद देखिएपछि राजीनामा दिएर बाहिरिएका थिए । 

उनको राजीनामा गत मन्त्रिपपरिषद् बैठकले स्वीकृत गरेपछि सिग्देलको बढुवा प्रक्रियाका लागि सिफासिस गरिएको हो । 

सैनिक मुख्यालयले सिग्देलकोसमेत व्यक्तिगत विवरण छानबिनपछि बढुवा प्रक्रिया अघि बढाएको दाबी गरिएको छ । 

उनकोसमेत उमेर विवादको चर्चा थियो । तर सिग्देलले सैनिक मुख्यालयमा बुझाएको कागजातमा कुनै समस्या नभएपछि प्रक्रिया अघि बढाइएको स्रोतले जनाएको छ । 

सेनामा रथीको दरबन्दी कात्तिक ११ देखि रिक्त छ । 

प्रधानसेनापति प्रभुराम शर्मा नेतृत्वमा आएपछि सेनामा पहिलो पटक रथीको दरबन्दी रिक्त भएको हो । 


 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ