arrow

सर्वोच्चले दियो रेशम चौधरीको कैद माफीविरुद्धको रिटमा कारण देखाउ आदेश

logo
हाम्रा कुरा
प्रकाशित २०८० मंसिर ८ शुक्रबार
resham-chaudhary-unmukti-party.jpg
तस्बिर – फाइल ।

काठमाडौँ । सर्वोच्च अदालतले रेशम चौधरीलाई सरकारले सजाय माफी दिएको विषयमा कारण देखाउ आदेश जारी गरेको छ । सर्वोच्चमा परेको रिटमा शुक्रबार बसेको न्यायाधीश प्रकाशकुमार ढुंगानाको एकल इजलासले कारण देखाउ आदेश जारी गरेको हो । 

रिट माथिको सुनुवाइमा सर्वोच्चले उनको मागबमोजिमको उत्प्रेषण आदेश किन जारी हुनु नपर्ने भन्नेबारे १५ दिनभित्र कारणसहित उपस्थित हुन आदेश गरेको छ ।

चौधरीलाई दिइएको सजाय माफीको निर्णय बदर गर्न राष्ट्रपतिको कार्यालयलाई विपक्षी बनाई रिट परेको थियो । जेठ १५ मा गणतन्त्र दिवसको अवसर पारेर सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले चौधरीको बाँकी कैद सजाय माफी गरेका थिए ।

कैलालीको टीकापुरमा भएको हत्याकाण्डको योजनाकारका रुपमा जिल्ला अदालत, उच्च अदालत र सर्वोच्च अदालतबाटसमेत दोषी ठहर भएर कारागारमा रहेका चौधरीको बाँकी कैद मिनाहा गर्ने निर्णय गरेको थियो । 

सो हत्याकाण्डमा मारिएका सशस्त्र प्रहरीका इन्सपेक्टर केशव बोहोराकी पत्नी शारदा कडायतले चौधरीको सजाय माफीको निर्णय गैरकानूनी रहेको भन्दै राष्ट्रपति कार्यालय समेतलाई विपक्षी बनाई सर्वोच्च अदालतमा रिट निवेदन दिएकी थिइन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ