arrow

मनाइयो सप्ताहव्यापी राष्ट्रिय कर दिवस

ग्लोबल आईएमई उत्कृष्ट करदाता, बढी आयकर टेलिकमको [फोटोफिचर]

‘स्वच्छ, पारदर्शी र प्रविधिमैत्री कर प्रशासन – सामाजिक न्याय, आर्थिक समृद्धि र सुशासन’ नारा

logo
हाम्रा कुरा
प्रकाशित २०८० मंसिर ७ बिहिबार
tax-day-2080-08-07 (20).JPG

काठमाडौँ ।  ‘स्वच्छ, पारदर्शी र प्रविधिमैत्री कर प्रशासन – सामाजिक न्याय, आर्थिक समृद्धि र सुशासन’ भन्ने नाराका साथ राष्ट्रिय कर दिवस सप्ताहव्यापी रुपमा मनाइएको छ । 

आन्तरिक राजस्व विभाग र मातहतका कार्यालयमा एक सातासम्म करदाता शिक्षासँग सम्बन्धित विभिन्न कार्यक्रम गरी आज उत्कृष्ट करदातालाई सम्मानित गरी कर दिवस मनाइएको हो । 

आन्तरिक  राजस्व  भिभागमा समापन कार्यक्रम सम्मान गरिएका करदाता कम्पनीहरू यस प्रकार रहेका छन् –

सबैभन्दा बढी आयकर – नेपाल दूरसञ्चार कम्पनी (टेलिकम)

निर्यात कारोबार – डाबर नेपाल प्राली

विषेश उद्योग – एसियन पेन्ट्स

कृषि एवम् पशुजन्य – ओबीसी फुड्स प्राली

सहकारी तथा लघुवित्त – छिमेक लघुवित्त

बैंक तथा वित्तीय संस्था – ग्लोबल आईएमई

बीमा – लाइफ इन्स्योरेन्स कर्पोरेसन

स्वास्थ तथा शिक्षा – नोबेल मेडिकल कलेज टिचिङ हस्पिटल

पर्यटन – मनोकामना दर्शन प्राली

वस्तु व्यापार – भाटभटेनी सुपरमार्केट

मध्यस्तरीय करदाता – नेपाल स्टक एक्सचेन्ज

ऊर्जा – भोटेकोशी पावर कम्पनी

रेमिटेन्स – आईएमई लिमिटेड

व्यक्ति आय – विजयकुमार शाह

आयकर, मुअकसहित सबैभन्दा धेरै कर तिर्ने र समयमै बिलबिजक बुझाउने (संस्थागत) सूर्य नेपाल प्राली (यो दुई विधामा सम्मानित भयो)

विभागअन्तर्गत एउटा ठूला करदाता कार्यालय, एउटा मध्यमस्तरीय करदाता कार्यालय, ४३ ओटा आन्तरिक राजस्व कार्यालय र ३९ ओटा करदाता सेवा कार्यालय गरी कूल ८४ ओटा कार्यालय सञ्चालनमा रहेका छन् ।
     
विभागका अनुसार गत आर्थिक वर्ष २०७९–८० सम्ममा व्यावसायिक र व्यक्तिगत स्थायी लेखा नम्बर लिएका करदाताको सङ्ख्या ५५ लाख २५ हजार नौ सय १९ रहेको छ । 
जसमध्ये व्यावसायिक स्थायी लेखा नम्बर (बी–पान) लिएका करदाताको सङ्ख्या १८ लाख ७६ हजार तीन सय पाँच र व्यक्तिगत स्थायी लेखा नम्बर (पी–पान) लिने करदाताको सङ्ख्या ३६ लाख ४९ हजार छ सय १४ रहेको छ ।
     
गत आर्थिक वर्ष २०७९–८० मा सरकारले कूल रु नौ खर्ब ५७ अर्ब बराबर राजस्व असुली गरेकोमा आन्तरिक राजस्व विभागबाट उठेको राजस्व मात्र रु चार खर्ब ७९ अर्ब बराबर थियो । 

जुन सरकारको कुल वार्षिक राजस्व असुलीको ५० दशमलव १२ प्रतिशत बराबर हो । गत आव सरकारले विभागलाई रु छ खर्ब २६ अर्ब ६१ करोड बराबर राजस्व असुलीको लक्ष्य दिएकोमा लक्ष्यको ७६ दशमलव ५७ प्रतिशत अर्थात् रु चार खर्ब ७९ अर्ब ७९ करोड बराबर राजस्व उठेको विभागले जनाएको छ । मुलुकको कूल गार्हस्थ्य उत्पादनमा आन्तरिक राजस्वको योगदान करिब २० प्रतिशत रहेको छ ।
     
आन्तरिक राजस्वको शीर्षकगत असुलीको प्रतिशत हेर्दा सबैभन्दा बढी योगदान आयकरको रहेको छ । कूल आन्तरिक राजस्वमा आयकरको हिस्सा ४४ दशमलव ५२ प्रतिशत छ । 

मूल्य अभिवृद्धि कर (भ्याट) को योगदान २४ दशमलव ५० र अन्तःशुल्कको योगदान २१ दशमलव ६७ प्रतिशत रहेको छ । त्यस्तै, ब्याजदरको योगदान ६ दशमलव ६७ प्रतिशत, घरबहाल करको योगदान शून्य दशमलव ६४ प्रतिशत, स्वास्थ्य सेवा शूल्कको अंश एक दशमलव ४१ प्रतिशत र शिक्षा सेवा शुल्कको अंश शून्य दशमलव ४२ प्रतिशत रहेको छ ।
     
गत आवमा कार्यालयगत राजस्व सङ्कलनको अवस्था हेर्दा ठूला करदाता कार्यालयको ३९ प्रतिशत देखिन्छ भने मध्यमस्तरीय करदाता कार्यालयको चार प्रतिशत रहेको छ । त्यस्तै, आन्तरिक राजस्व कार्यालयको ५३ प्रतिशत र करदाता सेवा कार्यालयको चार प्रतिशत रहेको विभागले जनाएको छ ।
 

tax-day-2080-08-07 (1).JPG
tax-day-2080-08-07 (2).jpg
tax-day-2080-08-07 (3).JPG
tax-day-2080-08-07 (4).jpg
tax-day-2080-08-07 (5).JPG
tax-day-2080-08-07 (6).JPG
tax-day-2080-08-07 (7).jpg
tax-day-2080-08-07 (8).jpg
tax-day-2080-08-07 (9).JPG
tax-day-2080-08-07 (10).jpg
tax-day-2080-08-07 (11).JPG
tax-day-2080-08-07 (12).jpg
tax-day-2080-08-07 (13).jpg
tax-day-2080-08-07 (14).JPG
tax-day-2080-08-07 (15).jpg
tax-day-2080-08-07 (16).JPG
tax-day-2080-08-07 (17).jpg
tax-day-2080-08-07 (18).JPG
tax-day-2080-08-07 (19).JPG


लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ