arrow

सर्वोच्च र उच्च अदालतमा छ–छ जना न्यायाधीशमा सिफारिस

logo
हाम्रा कुरा
प्रकाशित २०८० मंसिर ५ मंगलबार
nyayaparisad.jpg
तस्बिर – फाइल ।

काठमाडौँ । न्याय परिषद्ले सर्वोच्च अदालत र उच्च अदालतमा न्यायाधीशहरु सिफारिस गरेको छ । न्याय परिषद्को बैठकले मंगलबार सर्वोच्चमा ६ जना न्यायाधीशका लागि तथा उच्च अदालतमा ६ जना मुख्य न्यायाधीशका लागि नाम सिफारिस गरेको हो । 

सिफारिस गरेकाहरूमा सुनील पोखरेल, सारङ्गा सुवेदी, अब्दुल अजिज मुसलमान, टेकप्रसाद ढुङ्गाना, बालकृष्ण ढकाल र महेश शर्मा पौड्याल रहेका छन् । यीमध्ये पोखरेल र ढकाल वकिल हुन् भने बाँकी चार जना उच्च अदालतका न्यायाधीशहरू हुन् । 

नेपाली कांग्रेस निकट पोखरेल नेपाल बार एसोसिएसनका पूर्व महासचिव हुन् भने एमाले निकट ढकाल सर्वोच्च अदालत बार एसोसिएसनका पूर्वसचिव हुन् । 

सिफारिस भएका ६ जनाको संसदीय अनुमोदन भएपछि नियुक्ति हुनेछ । सर्वोच्चमा प्रधानन्यायाधीशसहित २१ जना न्यायाधीश हुन्छन् ।

त्यस्तै उच्च अदालतमा ६ जना मुख्य न्यायाधीश सिफारिस गरिएको छ । 

जसमा लोहितचन्द्र शाहलाई उच्च अदालत सुर्खेतमा, माधवप्रसाद पोखरेल उच्च अदालत पोखरा, रमेशप्रसाद राजभण्डारी उच्च अदालत विराटनगर, श्रीकान्त पौडेल उच्च अदालत जनकपुर, नित्यानन्द पाण्डे उच्च अदालत तुलसीपुर र शान्ति सिंह थापा उच्च अदालत दिपायलमा नियुक्तिका लागि सिफारिस भएका छन् ।

परिषद्का अध्यक्ष तथा प्रधानन्यायायधीश विश्वम्भरप्रसाद श्रेष्ठको अध्यक्षतामा बसेको बैठकले रिक्त रहेका पदमा सिफारिस गरेको हो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ