arrow

हमासले बन्धक बनाएर गाजातर्फ लगेकामध्येमा विपीन पनि, खोजीकार्य जारी

logo
हाम्रा कुरा
प्रकाशित २०८० मंसिर ४ सोमबार
kanchanpur-bipin.jpg

काठमाडौँ । इजरेलमा हमास समूहले गत अक्टोबर ७ तारिखमा आक्रमण गरी बन्धक बनाएर गाजातर्फ लगेकामध्येमा नेपाली विद्यार्थी विपिन जोशीको अवस्था अझै अज्ञात नै रहेको छ ।  

दक्षिणी इजरेलको किबुज-अलमिममा हमास समूहले आक्रमण गरी बन्धक बनाएर गाजातर्फ लगेकामध्येमा जोशी पनि रहेको इजरेल डिफेन्स फोर्सका प्रवक्ताले जानकारी दिएको इजरेलको तेल अबिबस्थित नेपाली राजदूतावासले जनाएको छ ।

जोशीको पछिल्लो अवस्थाबारे यकिन गर्न नसकिएको, निज हालसम्म पनि सम्पर्कविहीन नै रहेको र खोजीकार्य जारी रहेको दूतावासले आज जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ