arrow

हमासले बन्धक बनाएका विपीनको भिडियो र तस्बिर सार्वजनिक, छुटाउन पहल

logo
हाम्रा कुरा
प्रकाशित २०८० मंसिर ४ सोमबार
hamas-hostage-nepali-thai.jpg
तस्बिर – सीएनएन ।

काठमाडौँ । इजरेलले गत अक्टोबर ७ तारिखमा हमास लडाकुहरुले अल–शिफा अस्पतालमा बन्धकहरु ल्याएको भिडियो र तस्बिर सार्वजनिक गरेको छ । उक्त भिडियो र तस्बिरमा एक नेपाली र एक थाइल्याण्डका नागरिकलाई सारिएको देखिएको सीएनएनले जनाएको छ । 

आईडीएफका प्रवक्ता रियर एडम ड्यानियल हगारीले दुई छोटा सीसीटीभी भिडियोसँगै तस्बिरहरुसमेत सार्वजनिक गरेका हुन् । जसमा गाजाको सबैभन्दा ठूलो अस्पतालमा हमाक लडाकुहरुले नेपाली र थाई नागरिकलाई बन्धक बनाएर लगिएको हो । 

सीसीटीभी भिडियोमध्ये एउटामा बन्धकलाई अस्पतालको मुख्य प्रवेशद्वारबाट बल प्रयोग गरी भवनमा ल्याइएको देखाइएको छ । हगरीले आइतबार पत्रकार सम्मेलन गरेर दोस्रो सीसीटीभी भिडियोले अर्को बन्धकलाई हातमा रगत बगिरहेको अवस्थामा पट्टी बाँधेर जबरजस्ती कोठामा धकेलिएको देखाइएको बताए । 

उनले अस्पतालमा गरिएको अपरेशन बन्धकहरु पत्ता लगाउनका लागि भएकोसमेत स्पष्ट पारेका छन् । यद्यपि गाजामा अझै नेपाली र थाई बन्धकहरूलाई फेला पार्न सकिएको छैन ।

सीसीटीभी भिडियोहरू सार्वजनिक हुनुअघि गत शनिबार जारी गरिएको विज्ञप्तिमा हमासले इजरेली हवाई आक्रमणमा घाइते भएका कयौँ बन्धकहरूलाई उपचारका लागि अस्पतालमा ल्याइएको बताएको छ ।

इजरेलस्थित नेपाली दूतावास र परराष्ट्र मन्त्रालयले अक्टोबर ७ को हमलापछि एक नेपाली नागरिक बेपत्ता रहेको र हमासले बन्धक बनाएको विश्वास गरिएको भिडियो सार्वजनिक हुनुअघि नै सीएनएनसँग पुष्टि गरेको थियो ।

अक्टोबर ७ मा हमास लडाकुहरूले इजरेलमा गरेको आक्रमणमा १० नेपाली विद्यार्थीको मृत्यु भएको थियो । 

बन्धकमा परेका नेपाली कञ्चनपुरको भीमदत्त नगरपालिकाका विपीन जोशी रहेको बताइएको छ । उनी अक्टोबर ७ देखि नै बेपत्ता छन् । 

परराष्ट्रमन्त्री नारायणप्रकाश (एनपी) साउदले विपीनलाई छुटाउन सरकार गम्भीरतापूर्वक लागेको बताएका छन् । 

मन्त्री साउदले इजरेल सरकारका अनुसार जोशी बन्धक अवस्थामा जीवित रहेको र उनलाई मुक्त गराउन अमेरिकाका परराष्ट्रमन्त्रीदेखि कतारका विदेशमन्त्रीसित आग्रह गरेको जानकारी दिएका छन् ।

मन्त्री साउदले शनिबार बिहान जोशीका बुबा–आमा र दाजुसित भेटसमेत गरेका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ