arrow

कांग्रेसको सहकारी विभाग प्रमुखमा कँडेल मनोनित

logo
हाम्रा कुरा
प्रकाशित २०८० मंसिर १ शुक्रबार
devendra-raj-kandel.jpg
तस्बिर – फाइल ।

काठमाडौँ । नेपाली कांग्रेसले सहकारी विभागको जिम्मेवारी देवेन्द्रराज कँडेललाई दिएको छ । सभापति शेरबहादुर देउवाले शुक्रबार सहकारी विभाग प्रमुखमा कँडेललाई मनोनित गरी जिम्मेवारी दिएका हुन् ।

मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार विधानको धारा ३७ को उपधारा १ अनुसार सभापति देउवाले सहकारी विभाग प्रमुखमा कँडेललाई मनोनित गरेका हुन् ।

कांग्रेस विधानमा महाधिवेशन भएको ६ महिनाभित्र विभागहरु गठन गरिसक्नुपर्ने व्यवस्था भए पनि सभापति देउवाले ढिलो गरी जिम्मेवारी तोकेका हुन् । कँडेल कांग्रेस केन्द्रीय सदस्य हुन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ