arrow

जताततै जुवाडे, कञ्चनपुरमा ४२ पक्राउ

logo
हाम्रा कुरा
प्रकाशित २०८० कार्तिक २८ मंगलबार
card.jpg
तस्बिर – फाइल ।

महेन्द्रनगर । चाडबाडका बेलामा अहिले जताततै जुवाडे पक्राउ परिरहेका छन् । प्रायः सबै जिल्लामा जुवाडेहरू फेला परेको प्रहरीले जनाएको छ । सो क्रममा कञ्चनपुर प्रहरीले जुवा खेल्ने ४२ जनालाई पक्राउ गरेको छ । प्रहरीले जिल्लाका विभिन्न स्थानबाट उनीहरुलाई पक्राउ गरेको हो । 

सोमबार राति २ बजे विशेष सुराकीको आधारमा भीमदत्त नगरपालिका–१७ बाँसखेडास्थित भीमबहादुर ठगुन्नाको घरमा जुवा तास खेलिरहेका २८ जनालाई नगदसहित पक्राउ गरिएको हो । जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक कमल थापाले आजसम्ममा जुवा खेल्ने ४२ जनालाई पक्राउ गरी रु तीन लाख पाँच हजार भन्दा बढी नगद रकमसमेत बरामद गरिएको जानकारी दिए ।

जिल्लाको बाँसखेडाबाट २८ जनासहित जुवा खालबाट रु दुई लाख ५८ हजार नगद बरामद गरिएको छ । त्यसैगरी भीमदत्त नगरपालिका–१६ मझगाउँबाट रु २५ हजार नगद, तास र ६ जनालाई पक्राउ गरिएको प्रहरी उपरीक्षक थापाले बताए । यस्तै बेलौरीबाट २२ हजार नगदसहित आठलाई नियन्त्रणमा लिइएको छ ।

“हामीले चाडपर्वका बेला जुवा तास खेल्ने गिरोहलाई सुक्ष्म रुपमा नियाली रहेका छौँ”, प्रहरी उपरीक्षक थापाले भने, “पक्राउ परेकालाई जुवा ऐन अन्तर्गत कारबाही गर्छौँँ ।” प्रहरीले चाडपर्व सुरक्षित बनाउन जिल्लाभर थप प्रहरी परिचालन गर्नुका साथै विशेष सुरक्षा योजनासमेत लागू गरेको कञ्चनपुर प्रहरीले जनाएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ